अहिलेको आवश्यकता भनेको आफुसँग भएको स्किल जुनिएरमा ट्रान्सफर गर्दै जानु हो । न्युरो सर्जरीमा सोसियल हिस्ट्रीले धेरै महत्व राख्छ । बिरामीको फाइनान्सको स्थिति, बिरामीको परिवारको एक्स्पेक्टेसन लगायतका कुरामा निकै ख्याल गर्नुपर्छ ।
दक्ष न्युरो सर्जन बन्न राम्रो सैद्धान्तिक ज्ञान, अभ्यास र मिहिनेतले महत्वपूर्ण भूमिका खेल्छ । यो एक सय वर्ष पहिला एकजना सर्जन डा. हल्स्टेकले प्रतिपादन गरेको मोडल हो । यो मोडल न्युरो सर्जरीमा पनि लागू हुन्छ । नेपालमा सफल न्युरो सर्जरीको तालिमको सुरुवात् प्रा.डा. उपेन्द्र देवकोटाले शुरु गर्नुभएको हो । प्रा.डा. प्रकाश विष्ट पहिलो ब्याचको डाक्टर हो । न्युरो सर्जरीमा एमसिएन कार्यक्रम वीर अस्पताल, त्रि.बि. शिक्षण अस्पताल र बाँसबारीस्थित न्युरो अस्पतालमा भइरहेको छ ।
‘‘न्युरो सर्जरी अलि जटिल विधा हो । यसमा धेरै नै क्रिटिकल बिरामीहरुसँग डिल गर्नुपर्छ । ट्रेनिङ लामो हुन्छ । डेडिकेसन चाहिन्छ । लामो समय अपरेशनमा रहनुपर्ने भएकाले दुःख धेरै हुन्छ । त्यति धेरै कमाउन सकिदैन । निजी अस्पतालहरुले न्युरो सर्जरी विभाग स्थापना गर्दा धेरै लगानी गर्नुपर्छ ।अहिले न्युरो सर्जरी विधामा पनि सब स्पेशियालिटीको विकास भइरहेको छ । देशका हरेक जिल्लामा न्युरो सर्जन पु¥याउनुपर्छ । यसका लागि सामान्य सुविधाको व्यवस्था हुनुपर्छ । न्युरो सर्जरीमा सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षाको जरुरत पर्छ । हाइजेष्ट डिग्री अफ ट्रेनिङ्गका आधारमा अध्ययन र अध्यापन गराइन्छ । एमसिएच भनेको हाइजेष्ट फर्म अफ ट्रेनिङ्ग हो । यसमा न्यूरो शल्यक्रियामा प्राप्त गर्ने सफलता, कम्प्लिेकसन न्यूनिकरण, पोष्ट अपरेटिभ वार्डमा बिरामीको व्यवस्थापनबारे व्यवहारिक विधिबाट अध्यापन गराइन्छ । बीर हस्पिटल त्रि.बि.शिक्षण अस्पताल, बाँसबारीस्थित न्युरो हस्पिटलमा एमसिएच कार्यक्रमको अध्ययन अध्यापन हुने गरेको छ । अनुभवी भास्कुलर न्युरो सर्जनको पनि परिभाषा आइसकेको छ । यसका लागि १० वर्ष भन्दा बढी अनुभव, ३ सय भन्दा बढी एन्युरिजम क्लिप गरेको, एक वर्षमा करिब २० वटा भन्दा बढी एन्युरिजम क्लिप गरिरहेको व्यक्ति मात्र अनुभवी भास्कुलर न्युरो सर्जन हुन्छ । अनुभवी भास्कुलर सर्जनले गरेको शल्यक्रियामा कम्लिकेसन दर धेरै कम हुन्छ ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
