हामी मौसम अनुसार विभिन्न बिशेषता बोकेका फलफूल सेवन गछौ । गर्मी मौसममा शितलता प्रदान गर्ने र जाडोमा समय अनुकुल मिल्ने फलफूल सेवन गर्ने गर्दछौ । यस्ता फलफुलले मानिसको शरिरीरमा फाइदा गर्नुका साथै विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि बढाउने गर्दछन् । ती फलफूलहरु मध्ये मेवा एक गुणकारी फल हो ।
सामान्यतया मेवा भिटामीन ‘ए’ र ‘सी’ को खानीको रुपमा परिचित छ । जसको सेवनले शरीरमा धेरै फाइदाहरु हुने गर्छ । त्यसैल मेवाको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनका मानिन्छ ।
मेवाका फाइदाहरु
आँखाको लागि उपयोगी – मेवामा भिटामीन ‘ए’ प्रशस्त पाइन्छ जसले आँखाको दृष्टिलाई तेजिलो बनाउन मद्दत गर्दछ ।
रोग प्रतिरोधक क्षमता बढाउने – मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ ।
क्यान्सरको प्रतिरोध – मेवाका हुने एन्टिअक्सिडेन्ट, फिटोन्यूट्रियन्ट र फ्लाभोनोइड जस्ता तत्वले शरिरको कोषहरुलाई मर्न दिंदैन । जसले गर्दा क्यान्सरको सम्भाबना कम हुन्छ ।
कोलस्ट्रोल घटाउँछ – मेवामा प्रशस्त मात्रामा फाइबर, भिटामिन ‘ए’ ‘सी’ र एन्टिअक्सिडेन्ट पाइन्छ । यसले शरिरमा भएको कोलस्ट्रोल नष्ट गर्ने काम गर्दछ ।
तौल घटाउन मद्दत गर्छ – शरिरको तौल बढेर हैरान भएका व्यक्तिहरुका लागि मेवाले तौल घटाउन केही हदसम्म सहयोग गर्दछ । यसमा भएको फाइबर तत्वले ट्वाइलेट जाँदा पेट सफा बनाउने भएकाले तौल घटाउन केही हदसम्म मेवाले सहयोग गर्दछ ।
मधुमेह रोगीलाई फाइदा – मेवामा सुगरको मात्रा अति न्यून हुन्छ । मेवा सेवन गर्दा गुलियोको तिर्सना मेटिन्छ । मधुमेह रोगीलाई मेवा अत्यन्त्यै उपयोगी फल मानिन्छ ।
पाचन शक्ति बलियो – मेवाको नियमित सेवन गर्नाले हाम्रो पाचन क्रियामा सक्रिय हुने वा यसमा रहेको फाइबर तत्वले पाचन क्रियालाई सहज बनाउन मद्दत गर्दछ ।
म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि छन् ।
गर्भवती महिला
गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई संकुचित गरिदिन्छ । जसका कारण गर्भपतन हुने खतरा बढि हुन्छ ।
स्तनपान गराउँने महिला
बच्चा जन्माइसकेपछि पनि मेवाको सेवन हानिकारक हुन्छ । मेवामा हुने पापेन नाम विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । जसका कारण बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनुहुँदैन ।
एलर्जी
क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले सो रोगका विरामीमा छालाको एलर्जी हुन्छ ।
ब्लड प्रेसर
मेवाले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर, मधुमेहसँगै ब्लड प्रेसरको समस्या भएकाहरुले मेवाको सेवन खतरनाक हुनसक्छ । प्रेसर नियन्त्रण गर्ने औषधि सेवन गर्नेहरुले डाक्टरको सल्लाहविना मेवाको सेवन गर्नुहुँदैन ।
मृगौलामा पत्थरी
अध्ययनका अनुसार धेरै मात्रामा भिटामिन सीको सेवनले मृगौलामा पत्थरी गराउँछ । मेवामा उच्च मात्रामा भिटामिन सी हुन्छ । मेवाको अत्याधिक सेवनले पत्थरीको समस्या निम्त्याउँन सक्छ ।
झाडापखलामा
पेटमा समस्या भएको समयमा वा झाडापखला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ ।
मुटु रोग
मुटुसँग सम्बन्धित समस्या भएका औषधि सेवन गरिरहेका बिरामी मेवाको सेवनबाट टाढा रहनुपर्छ ।
घाँटीको समस्या
एक दिनमा एउटाभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँनसक्छ । एजेन्सि
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुको फाइदा
बुधबार, जेठ २७, २०८३
क्यान्सर रोक्नदेखि सुगर नियन्त्रणसम्म उपयोगी हरियो प्याज
आइतबार, फागुन ३, २०८२
प्रोसेस्ड फूड, ट्रान्स फ्याट र खाद्य स्वच्छता
मंगलबार, माघ २७, २०८२
कुन तेल प्रयोग गर्ने ? विशेषज्ञको सल्लाह यस्ता छन्
आइतबार, असोज २६, २०८२
स्वास्थ्यको लागि लाभदायक: तितो र टर्रो स्वादका खानेकुराहरूको प्रभाव
सोमबार, असोज ६, २०८२ट्रेन्डिङ

