नेभिगेशन

काफलका औषधिय गुणहरु

काफल गर्मीयाममा पहाडका वन पाखाहरूमा पाइने लोकप्रिय जंगली फल हो । यो फल लाम्चो र गोलो आकारको हुन्छ । काफल काँचोमा हरियो, पाकेपछि रातो र धेरै पाकेपछि बैजनी रंगको गुलियो र अमिलो मिश्रित रसिलो फल हो । यो फल स्वादिष्ट मात्र नभई स्वस्थ्यकर पनि मानिन्छ । मौसम अनुसार पाइने फलफुलहरु स्वास्थ्यका लागि गुणकारी हुन्छ । त्यसैले मौसम अनुसारको फलको स्वाद सबैको लागि फाइदाजनक हुन्छ । काफल हेर्दा सानो तर धेरै औषधीय गुण बोकेको फल हो । काफँललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । काफलका औषधीय गुणहरू यसप्रकार छन् । कर्णशूल काफलको बोक्राको काँडा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ । महिनावारी कालो तिल, पुरानो शख्खर र काफलको बोक्रा मिलाई काँडा पकाएर पिलाए महिनावारिमा हुने पिडाबाट आराम मिल्छ । यो सेवनसँगै अन्य खानेकुरा पनि सेवन गनुपर्छ । आखाँ आँखा रातो भएमा वा बिझाएमा काफलको बोक्रा पिधेर मसिनो बनाएर लगाइदिए सो समस्याबाट राहत मिल्छ । घाउचोट बिग्रेको र चाँडै निको नहुने घाउमा काफलको बोक्राको धूलो छरिदिनुपर्छ । साथै काँडा पकाएर प्रतिदिन धोईदिए घाउ सफा हुन्छ । टाउको दुखाई काफलको धूलोको नश लिए टाउको दुखाई कम हुन्छ । दम काफलको बोक्राको काँडा पाँच ग्राम चीनीमा मिलाएर पिउनाले खोकी, दम, हृदय रोग र अरूचीमाको समस्या कम हुन्छ । पेट दुख्ने काफलको बोक्रा चार ग्राम मिश्रीमा मिलाएर चार दिन सेवन गरे पेट दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । दाँतको दुखाई काफलको बोक्राको धूलोले दाँत माज्ने गरे दाँतको दुखाई कम हुन्छ । एजेन्सि
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली