[caption id="attachment_19003" align="alignleft" width="6000"]
विप्लव अधिकारी[/caption]
आकर्षण
औषधि संवेदनशील क्षेत्र हो । यसमा धेरै प्रविधिहरुको प्रयोग गरिएको हुन्छ । नेपालमा अमेरिका, बेलायत, चीन र भारतमा जस्तै अत्याधुनिक प्रक्रियाबाट औषधि उत्पादन हुने गर्छ । यसरी नेपालमा औषधि उद्योगको भविष्य राम्रो देखेँ र केही गर्ने सोचका साथ औषधि उद्योगमा आकर्षण बढ्यो ।
करियर
हुन त म कुनै त्यस्तो डिग्री हाँसिल गरेर औषधिको क्षेत्रमा आएको व्यक्ति होइन । मैले काठमाडौंको रत्नराज्यलक्ष्मी स्कुलबाट एसएलसी गरेर त्रिचन्द्र कलेजबाट मास्टर्स डिग्री गरेको छु । औषधिको क्षेत्रमा सात वर्षदेखि संलग्न छु । विगत २ वर्षदेखि मेरो कम्पनिका औषधिहरु बजारमा गइरहेका छन् ।

नेपालमा ४० वर्षको अन्तरालमा औषधि उद्योगले ठूलो फड्को मारेको छ । यस अवधिमा मुलुकमा खपत हुने औषधिमध्ये स्वदेशी उत्पादनले ४५ प्रतिशत हिस्स ओगट्न सफल भएको छ । देशमा टेक्नोलोजीको विकास र क्षमता अभिबृद्धिमा औषधि विभागको भूमिका महत्वपूर्ण छ । स्वदेशी उत्पादनले धान्नसक्ने औषधिको आयात गरिरहन जरुरत छैन । सरकारले नेपाली उत्पादकको क्षमताका आधारमा आयातित औषधिमा रोक र स्वदेशी उत्पादनलाई प्राथमिकता दिएमा दुइवर्ष भित्रमा औषधिमा नेपाल ७५ प्रतिशतसम्म औषधिमा आत्मनिर्भर बन्नसक्छ । गुणस्तरमा सम्झौता हुँदैन ।तर नेपालमा औषधि उद्योगलाई धेरै प्राथमिकता दिइएको छैन । राज्यले खासै हेरेको छैन । राज्यले स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर कम्पनिको उत्थानमा ध्यान दिएमा स्वदेशी उत्पादनले फड्को मार्न समय लाग्दैन । भारतबाट पाठ सिक्न सक्यो भने पनि काफी हुन्छ । भारतमा जग्गा, ऋण, कच्चा पदार्थ लगायत धेरै शीर्षकमा औषधि उद्योगलाई सहुलियत उपलब्ध गराइन्छ । मुल्यको दृष्टिले भारत धेरै सस्तो औषधि उत्पादन गर्ने मुलुक अन्तर्गत पर्छ । हामीले पनि त्यहि मुल्यको हाराहारीमा औषधि बिक्री गरिरहेका छौँ । यसबारे हामीले औषधि व्यवस्था विभागसँग प्रतिबद्धता जनाइसकेका छौँ । स्वास्थ्य मन्त्रालयलाई पनि पत्र पठाइसकेका छौँ । मुल्यमा कुनै अन्तर हुदैँन । वंगलादेशले ८५ प्रतिशत कच्चा पदार्थ बाहिरबाट आयात गर्ने भएपनि उत्पादनमा ९७ प्रतिशत सक्षम छ । नेपालमा प्रतिवर्ष ४५ अर्बको औषधि खपत हुन्छ । त्यसमा करिब २० अर्वको औषधि स्वदेशी उत्पादन र २५ अर्वको औषधि विदेशबाट आयात हुने गर्छ । हाल मुलुकमा ५३ वटा एलोपेथिक औषधि उद्योग छन् । त्यसमध्ये पनि ३० वटा थप नयाँ कम्पनि सञ्चालनमा आउँदैछन् । सरकारले स्वदेशी उत्पादनले धान्न सक्ने करिब ३० वटा औषधिहरुको आयातमा प्रतिवन्ध लगाउने नीति लिएको छ । नेपालमा एलोपेथिक औषधि उत्पादन गर्ने कम्पनिहरु स्थापना गर्नेहरुको लहड नै चलेको छ । क्यान्सरको औषधि उत्पादनका लागि मल्टी नेशनल कम्पनि पनि नेपाल भित्रिदैछ । स्लाइन उत्पादन गर्ने कम्पनिहरु पनि थपिदैछन् । (अधिकारी नेपाल औषधि उत्पादक संघका सदस्य एवं इनोभेटिभ फर्माल्याबका प्रबन्ध निर्देशक हुनुहुन्छ ।)
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य बजार
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
आधारभूतदेखि अत्याधुनिकसम्मः आईटीको अविरल योगदान
शनिबार, साउन २४, २०८२ट्रेन्डिङ