के तपाइलाई थाहा छ ? केरा विश्वमा सबैभन्दा बढि खाइने फल मध्ये एक हो । केरा विश्वका लगलभ १०७ देशमा उत्पादन हुन्छ । केरा अत्यधिक पौष्टिक तत्व, भिटामिन र मिनरल्स पाइने फल हो । यसले शरीरलाई शक्ति प्रदान गर्छ । केराको सेवनले दम, क्यान्सर, उच्चरक्तचाप, मुटु, पेट सम्बन्धि रोग लाग्नबाट बचाउने वैज्ञानिक खोज अनुसन्धानहरुबाट पत्ता लागिसकेको छ ।
यदि तपाइले १२५ ग्रामको एउटा केरा खाएमा ११० क्यालोरी प्राप्त गर्नुहुनेछ । जसमा,
-३० ग्राम कार्बोहाइड्रेट
-१ ग्राम प्रोटिन
-०.३ मिलीग्राम म्याग्निज
-४५० मिलीग्राम पोटाशियम
-३४ मिलीग्र्राम म्याग्नेसियम
-०.३ आइरन
-०.१ मिलीग्राम राइबोफ्लेविन
-०.८ मिलीग्राम नियासिन
-८१ इन्टरनेसनल युनिट भिटामिन ए
-०.५ मिलीग्राम भिटामिन बी–६
-९ मिलीग्राम भिटामिन सी
-३ ग्राम डायटी« फाइबर
-२५ माइक्रोग्राम फाँलेट
एक जना स्वास्थ मानिसलाई दिनमा ४७०० मिलीग्राम पोटासियम आवश्यक पर्दछ । केरामा पोटासियमको मात्रा अत्याधिक हुन्छ ।
हृदयघातको जोखिम कम गर्छ
मुटुरोगीलाई केराले असाध्यै फाइदा गर्छ । नियमित केरा सेवनले शरीरमा रक्तसञ्चार फ्लो राम्रो बनाउँछ । त्यसकारण केरा सेवनले हृदयघातको जोखिम कम हुन्छ । यसमा आइरनको मात्रा प्रशस्त हुने भएकाले रगतमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ ।
दिमागलाई रिल्याक्स बनाउँछ
तनाव र डिप्रेसन भएका मानिसहरुका लागि केरा सेवन उत्तम मानिन्छ । यसमा प्रोटिन र एन्टिअक्सिडेंन्ट्स पाइन्छ । जसले दिमागलाई रिल्याक्स गराउँछ । साथै विद्यार्थीहरुले पनि दिनमा कमसेकम एक कोसा केरा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
रक्तचाप नियन्त्रण
नियमित केरा सेवनेले रक्तचाप सामान्य हुन्छ । पोटासियमले रक्तचापका कारण हुने हृदयघातको जोखिम कम गर्छ । साथै केराले उच्च रक्तचाप पनि नियन्त्रण गर्छ ।
बच्चा र बृद्धबृद्धहरुका लागि लाभदायक
बालबालिकाको बृद्धि विकासका लागि केरा अत्यन्तै फाइदाजनक मानिन्छ । केरामा पाइने भिटामिन र मिनरल्सले बच्चाको शारीरिक बृद्धि विकास राम्रो हुन्छ । साथै यसमा भिटामिन सी, बी–६ र फाइबर पनि पाइन्छ । यस्ता तत्वहरुले बृद्धाअवस्थामा पेट स्वस्थ राख्न मद्धत गर्दछ । एजेन्सी
प्रकाशित मिति: सोमबार, साउन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
आहार र पोषण
३० दिन लगातार ओखर खाँदा शरीरमा के हुन्छ ? यस्ता छन् स्वास्थ्य लाभ
बिहीबार, साउन ७, २०८३
गर्मीमा शरीर हाइड्रेट राख्न यी खानेकुरा खानुहोस्
आइतबार, साउन ३, २०८३
गर्मीको राजा लिचीः स्वादिलो मात्रै होइन, स्वास्थ्यवर्धक पनि !
मंगलबार, असार २३, २०८३
जान्नुहोस् ! यस्ता छन् दही र चिउरा खानुका फाइदा
सोमबार, असार १५, २०८३
गर्मी मौसममा के खाने, के नखाने?
बिहीबार, असार ११, २०८३ट्रेन्डिङ
२
