कुनै असामान्य दुर्घटना वा यौनजन्य हिंसालाई कन्भर्जन डिसअर्डरको मुख्य कारण मानिन्छ । व्यक्तिको दिमागमा कुनै कुराले गहिरो नकारात्मक प्रभाव पारेको छ भने कन्भर्जन डिसअर्डर हुन सक्छ । तनावलाई व्यवस्थापन गर्न नसक्नु अर्को मुख्य कारण हो । अपरिपक्व उमेर र ज्ञानले यसमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।भ्रम कन्भर्जन डिसअर्डर हिस्टेरियाको परिवर्तित नाम हो । तर, हिस्टेरियालाई महिलामा मात्र हुने, यौनजन्य वा सरुवा रोगको रूपमा चिनिने गरिन्थ्यो । जुन गलत हो । कन्भर्जन डिसअर्डर मानसिक तनावका कारणले युवा अवस्थामा बढी हुने गर्छ । यो पुरुषमा पनि हुन सक्छ । कतिपयमा यौन चाहना बढी भएर कन्भर्जन डिसअर्डर हुन्छ र विवाहपश्चात् आफैँ निको भएर जान्छ भन्ने भ्रम समेत रहेको छ । तर, यो पूर्ण रूपमा साँचो होइन । कतिपय अवस्थामा विवाहपश्चात् तनाव सुरु भएर पनि कन्र्भजन डिसअर्डर हुन सक्छ । यो समस्या समाधानका लागि तनाव व्यवस्थापन जरुरी छ । कारण कुनै असामान्य दुर्घटना वा यौनजन्य हिंसालाई कन्भर्जन डिसअर्डरको मुख्य कारण मानिन्छ । व्यक्तिको दिमागमा कुनै कुराले गहिरो नकारात्मक प्रभाव पारेको छ भने कन्भर्जन डिसअर्डर हुन सक्छ । तनावलाई व्यवस्थापन गर्न नसक्नु अर्को मुख्य कारण हो । अपरिपक्व उमेर र ज्ञानले यसमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । पारिवारिक वातावरणले पनि यसमा भूमिका खेल्छ । जस्तो, परिवारमा झगडा भइरहने भएमा यस्तो समस्या देखिन्छ । कतिपय अवस्थामा वंशाणुगत गुणका कारण कन्भर्जन डिसअर्डर हुन सक्छ । कामको तनावपूर्ण वातावरण र असफलताले पनि यसमा भूमिका खेल्छ । कसरी थाहा पाउने ? एक्कासि बेहोस हुने समस्या देखिन सक्छ । त्यस्तै, समूहमा एकपछि अर्को गर्दै धेरै व्यक्ति बेहोस हुन पनि सक्छन् । यस्तो किशोरावस्थामा देखिन्छ । त्यस्तै, अत्यधिक टाउको दुख्ने गर्छ । शरीर काम्ने, शरीरको कुनै एक भाग नचल्ने, बोली नआउनेजस्ता समस्या हुने गर्छ ।अधिकांश बिरामी डराउने गर्छन् । लामो–लामो सास फेर्ने, आँखा नदेख्ने, रुने, कराउने, स्मरण शक्ति हराउनेलगायत विभिन्न लक्षण देखिन्छन् । रोकथाम र उपचार तनावको कारण पत्ता लगाएर यसको सही व्यवस्थापन गर्नु नै कन्भर्जन डिसअर्डरको मुख्य समाधान हो । यदि कुनै दुर्घटना तथा मानसिक रूपले विचलित हुने खालका अन्य घटना भएमा तनाव बहन गर्ने क्षमतामा वृद्धि ल्याउनुपर्छ । कन्भर्जन डिसअर्डर कडा खालको मानसिक रोग होइन । सामान्य मनोवैज्ञानिक परामर्शबाट यसको उपचार गर्न सकिन्छ । तनावलाई सही ढंगले व्यवस्थापन गर्न सकेमा यसलार्ई सजिलै निको पार्न सकिन्छ । त्यस्तै, मनोचिकित्सकको सल्लाहमा औषधि प्रयोग गरेर पनि यसलाई निको पार्न सकिन्छ ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
रोग
एक्लोपनले शरीरमा कस्तो असर गर्छ ?
शुक्रबार, चैत २२, २०८१ट्रेन्डिङ
