औषधी निर्माता कम्पनी जनसन एण्ड जनसन ओपियोडको लत लाग्ने सङ्कट निम्त्याउन दोषी रहेको भन्दै ५७ करोड ७२ लाख डलर तिर्नुपर्ने आदेश अमेरिकी न्यायाधीशले गरेका हुन्।
भ्रम
न्यायाधीश थाड बाल्कम्यानले जनसन एण्ड जनसनले उसको दुखाइ रोक्ने औषधीको भ्रामक प्रचारप्रसारमार्फत् सर्वसाधारणलाई ओपियोडको कुलतमा फसाउन जिम्मेवार भएको बताएका हुन्। "त्यस्तो कार्यले गर्दा हजारौँ ओक्लाहोमावासीले आफ्नो स्वास्थ्यसँग सम्झौता गरे। ओपियोड सङ्कट ओक्लाहोमाबासीका लागि संघारमै रहेको खतरा हो," उनले आफ्नो आदेशमा भनेका छन्। उनले जनसन एण्ड जनसनले तिर्ने रकम ओपियोडको कुलतमा परेकाहरूको उपचार र हेरचाहमा प्रयोग गरिने बताए। यस्तै खाले अरू दुई हजारवटा मुद्दाको सुनुवाइ आउँदो अक्टोबर महिनामा ओहायो राज्यमा हुँदैछ।मृत्युको कारक
त्यसैले पनि यो मुद्दाको परिणाम के हुन्छ भनेर अरू मुद्दाका वादी पक्षले नजिकबाट हेरिरहेका छन्। अमेरिकाको रोग नियन्त्रण निकायको तथ्याङ्क अनुसार सन् १९९९ देखि २०१७ सम्म ओपियोडको अत्यधिक मात्राको प्रयोगका कारण चार लाख मानिसहरूको मृत्यु भएको थियो। सन् २००० यता करिब ६ हजार ओक्लाहोमाबासीहरूले ओपियोड बढी मात्रामा प्रयोग गरेका कारण ज्यान गुमाएका उक्त राज्यका वकिलहरूले बताएका छन्। बीबीसी
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३ट्रेन्डिङ
४

