लमजुङ । ग्यास्ट्रिकको औषधी भनेर विषादी सेवन गर्दा लमजुङमा एक बृद्धाको मृत्यु भएको छ ।
औषधी भन्दै विषादी सेवन गर्दा दोर्दी गाउँपालिका–४ नौथर शेराका ९२ बर्षीया तमाकु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक बसन्तबहादुर रानाका अनुसार बृद्धा गुरुङले राम्रोसँग आँखा देख्नुहुँदैनथ्यो । छोरा बुहारी कोही घरमा नभएको बेलामा औषधी भनेर विषादी सेवन गर्दा उहाँ विरामी भएको थियो । उहाँलाई उपचारका लागि नौशर शेराको प्राचि मेडिकलमा उपचारका लागि लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
बृद्धा गुरुङले सोमबार विहान साँढे ८.०० बजेतिर विषादी सेवन गर्नु भएको थियो । प्रहरीका अनुसार उहाँको साथमा ९६ बर्षीय श्रीमान नरबहादुर गुरुङ पनि हुनुहुन्थो । दुवै श्रीमान श्रीमतीको आँखा कमजोर भएका कारण उक्त घटना भएको हुन सक्ने प्रहरीको अनुमान गरिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३

