त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा. जगदीशप्रसाद अग्रवालमाथि दुर्व्यवहार भएको छ।
आफूलाई पत्रकार बताउने एक व्यक्तिले डा. अग्रवाललाई कालो मसी छ्यापेर दुर्व्यवहार गरेका हुन्। ‘म पत्रकार हुँ, तपाईंसँग कुराकानी गर्नु छ भन्दै कार्यालयमा प्रवेश गरेका व्यक्तिले एक्कासि कालो मसी छ्यापेर भागे’, डा अग्रवालले भने।
अन्तर्वार्ता लिनु छ भन्दै कोठामा प्रवेश गरेपछि केही नबाेली उनले मसी छ्यापेर हिँडेको डा अग्रवालले बताए।
डा अग्रवाललाई मसी छ्यापेर भाग्ने व्यक्तिको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिए।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
पोप लियो चौधौँको शल्यक्रिया सफल
बुधबार, असोज २८, २०८३
सर्पदंशबाट महेश यादवको मृत्यु प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन
बुधबार, असोज २८, २०८३
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता
बुधबार, असोज २८, २०८३
मापदण्ड नपुगेका ४७ प्रकारका औषधिको अनुमति रद्द (सूचीसहित)
बुधबार, असोज २८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह-निर्देशकमा डा. खनाल, सहायक मेट्रोनमा न्यौपाने
मंगलबार, असोज २७, २०८३ट्रेन्डिङ
३
५
