काठमाडौँ, ३० भदौ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा रोशन पोखरेलले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पोखरेललाई सो जिम्मेवारी दिएका हुन् । समायोजन पछिको पदस्थापनमा कोशी अस्पतालका निर्देशक भएका डा पोखरेलको स्थानमा मन्त्रालयले विभागका महानिर्देशक रहेका डा गुणराज लोहनीलाई पठाएको थियो । त्यसपछि उनी कन्सलटेन्टको भूमिकामा थिए । यता विभागमा १२ औँ तहका प्रमुख विशेषज्ञ रहरेका सुशीलनाथ प्याकुरेललाई पठाइएको थियो । प्याकुरेलले गत २२ भदौमा अनिवार्य अवकाश पाएका छन् । त्यसयता विभाग रिक्त थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
पोप लियो चौधौँको शल्यक्रिया सफल
बुधबार, असोज २८, २०८३
सर्पदंशबाट महेश यादवको मृत्यु प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन
बुधबार, असोज २८, २०८३
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता
बुधबार, असोज २८, २०८३
मापदण्ड नपुगेका ४७ प्रकारका औषधिको अनुमति रद्द (सूचीसहित)
बुधबार, असोज २८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह-निर्देशकमा डा. खनाल, सहायक मेट्रोनमा न्यौपाने
मंगलबार, असोज २७, २०८३ट्रेन्डिङ
३
५
