
भक्तपुर : भक्तपुरमा लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने संख्या एक सय ४६ जना पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा डेंगु संक्रमण पुष्टि हुनेको संख्या एक सय ४६ पुगेको हो।
भक्तपुरमा डेंगु संक्रमण नियन्त्रण बाहिर रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए ।देशकै बढी जनघनत्व रहेको भक्तपुरमा डेंगु संक्रमणको उच्च जोखिममा रहेको उनले बताए।
यस वर्ष भक्तपुरमा गएको भाद्र ८ गते पहिलो डेंगु संक्रमितको पहिचान भएको थियो ।कार्यालयका अनुसार डेंगु आशंकामा अस्पताल तथा स्वास्थ्य संस्था पुग्नेहरुको संख्या घट्न सकेको छैन । अहिलेसम्म डेंगु संक्रमितमध्ये सबैभन्दा बढी भक्तपुर नगर क्षेत्रका रहेका छन् ।
बस्तीबीच पानीको स्रोत खुला भएको ठाउँमा यो लामखुट्टे बढी पाइन्छ । त्यसैले भक्तपुरमा डेंगु नियन्त्रण गर्न डेंगु संक्रमण फैलाउने लामखुट्टेको 'खोज र नष्ट गर' अभियान सञ्चालन गर्नुपर्ने प्रमुख मिजारले स्पष्ट पारे ।
'डेंगु नियन्त्रण बाहिर रहेकाले त्यसलाई नियन्त्रण गर्न डेंगु संक्रमण गर्ने लामखुट्टेको खोज र नष्ट गर अभियान सञ्चालन चलाउनुपर्छ', उनले भने, 'यसले डेंगु नियन्त्रणमा सघाउ पुग्छ ।'
उनले डेंगु सार्ने लामखुट्टे मानव वस्तीमै बस्ने भएकाले यसबाट बच्न सबै सचेत हुन आह्वान गरे ।उनले डेंगु प्राणघातक रोग नभएकाले यसबाट नआत्तिन भक्तपुरवासीलाई आग्रह गरेका छन् । अन्नपूर्णपोष्टबाट
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
पोप लियो चौधौँको शल्यक्रिया सफल
बुधबार, असोज २८, २०८३
सर्पदंशबाट महेश यादवको मृत्यु प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन
बुधबार, असोज २८, २०८३
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता
बुधबार, असोज २८, २०८३
मापदण्ड नपुगेका ४७ प्रकारका औषधिको अनुमति रद्द (सूचीसहित)
बुधबार, असोज २८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह-निर्देशकमा डा. खनाल, सहायक मेट्रोनमा न्यौपाने
मंगलबार, असोज २७, २०८३ट्रेन्डिङ
३
५
