नेभिगेशन

स्वास्थ्य र खुसीः आफैंले निर्माण गर्ने हो

[caption id="attachment_214" align="alignright" width="150"]upendra-paudel उपेन्द्र पौडेल
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत
अध्यक्ष,बैंकर्स एसोसिएसन नेपाल[/caption] आफू रहे सबै रहन्छन्, आफैं नरहे के अर्थ ? त्यसका लागि स्वस्थ त रहनै पर्‍यो । बैंकर्सहरुका नेता उपेन्द्र पौडेल पनि आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहुन्छ । ५५ वर्षअघि काठमाडौंको बत्तिसपुलतीमा जन्मिनुभएका पौडेल बैकिंग क्षेत्रमा लाग्नुभएको २९ वर्ष पूरा भएको छ । उहााले सन् १९८७ बाट यस क्षेत्रमा हात हाल्नुभएको थियो । शुरुमा उहााले स्टैण्र्ड चार्डर्ड बैंकबाट आफ्नो करियर शुरु गर्नुभएको थियो । एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत भएको पनि १५ वर्ष बितिसकेको छ । आफ्नो जीवनको बारेमा पौडेल के भन्नुहुन्छ त, उहााकै शव्दमा ? बैकिङ लाइफ यो लाइफ निकै तनावपूर्ण हुन्छ । बैंकिङ निकै उत्तरदायित्वपूर्ण काम हो । डिपोजिटरहरुको पैसाको रक्षक भएर बस्नुपर्छ । पब्लिक कम्पनि हो । त्यसको सेफ गार्ड हाम्रो गर्नु कर्तव्य हुन्छ । कुनै पनि अवस्था परिवर्तन भएमा डिपोटिजरहरुको पैसा खतरा हुनसक्छ । आजको परिवेशलाई हेरेर लगानी गरिएको हुन्छ । तर परिवेश परिवर्तन भएमा त्यो विजनेश भायबल नहुन हुनसक्छ । यसले लगानी जोखिममा पर्न सक्छ । जस्तोः ८० को दशकमा गार्मेन्ट उद्योग निकै फस्टाएको थियो । तर अहिले त्यो छैन । ९० को दशकमा कार्पेट व्यवसाय निकै फस्टाएको थियो । केही वर्षअघि रियल स्टेटको लगानी निकै गतिशील अवस्थामा थियो । यसमा लगानी गर्ने कतिपय बैंकहरु डुब्नसक्ने अवस्थामा छन् । त्यसैले लगानीलाई संभावित जोखिमबाट बचाउन साधै प्रो-एक्टिभ हुनुपर्छ । धेरै कुरा व्यवस्थापन गर्न जरुरी हुन्छ । सोचेर मात्र कर्जा लगानी गर्नुपर्छ र नियमित अनुगमन गरिरहनुपर्छ । यसमा निकै महत्वपूर्ण उत्तरदायित्व निर्वाह गर्नुपर्छ । कुनै बेला केही भइहाल्ने हो कि भन्ने डर र त्रासको वातावरणमा काम गर्नुपर्छ । प्रतिस्पर्धी बजारमा अघि बढ्न पनि निकै संघर्ष गर्नुपर्छ र साधै चनाखो भइरहनुपर्छ । सिइओको भूमिका प्रोएक्टिभ भएर भविष्यलाई हेरेर काम गर्नुपर्छ । सिइओ भनेको एउटा पानीजहाजको क्याप्टेन हो । हृयूमेन रिसोर्सलाई म्यानेज्मेन्ट गर्नुपर्छ । एकजना व्यक्तिले पनि बैंक डुबाउन सक्छ । वर्तमान स्वास्थ्य अवस्था मेरो स्वास्थ्य अवस्था राम्रो छ । मधुमेह भएपनि यसलाई राम्रोसाग नियन्त्रणमा राख्न सफल भएको छु । शारीरिक परीक्षण यसमा चनाखो हुनैपर्छ । बेला बेलामा स्वास्थ्य परीक्षण गरिरहन्छु । खानपान/व्यायाम बिहान उठेपछि ३ गिलास मनतातो पानी पिउने गर्छु । यसले निकै फाइदा गरेको पाएको छु । नियमित व्यायाम गर्छु । साइक्लिङ, मर्निङ वाक र स्वीमिङ गर्छु । बेला बेलामा मेडिटेसन गर्ने भएपनि यो नियमित छैन । बिहान दूध, बदाम र ओखर खान्छु । कार्यालय आउन अघि हल्का दालभात र तरकारी खाएर आउाछु । दिउासो एउटा रोटी, तरकारी र दही लगायत हल्का नास्ता गर्छु । बेलुका एउटा रोटी र थोरै तरकारी खाने गर्छु । म हार्ड डि्रंक्स र सफ्ट डि्रंग्स दुवै गर्दिन । कहिलेकााही थोरै माछामासु खाने गर्छु । नियमित व्यायाम गर्छु । हरेक हप्ताको शनिबार कलेजमा अध्ययन गरेका साथीहरुसाग गौशालामा भेट गरेर सागै डेढ घण्टाजति हिाड्ने गर्छाैं । उनीहरुसाग विगतका पुराना कुराकानी गर्दा सकारात्मक इनर्जी मिल्ने गर्छ । खुशी आफैं निर्माण गर्ने बच्चाहरुसाग कुराकानी गर्दा र खेल्दा निकै खुशी लाग्छ । कसैको लागि केही गर्न पाउादा खुशी लाग्छ । गुहृेश्वरी नजिकै रहेको अनाथहरुलाई पढाउने प्रणामानन्द  विद्यामन्दिर विद्यालयको अध्यक्ष पनि छु । रोटरीमा पनि संलग्न छु । विगतका सागै अध्ययन गरेका, टोलबासी र शुरुमा स्टैण्टर्ड चार्टर्ड बैंकमा काम गरेका साथीहरुसाग घुलमिल हुन पाउादा निकै खुशी लाग्छ । खुसी आफैंले निर्माण गर्ने हो । चिन्ता मलाई कार्यालयका निश्चित मुद्धाहरुमा कहिलेकााही चिन्ता लाग्ने गर्छ । तर समस्या समाधान हुन्छ भन्ने जस्तो लाग्छ र यसलाई सकारात्मक रुपमा लिने गर्छु । यसले चिन्ताबाट राहत मिल्ने गर्छ । अध्यात्मिक चिन्तन म हरेक हप्ताको सोमबार ब्रत बस्ने गर्छु । त्यो दिन म च्यााख्ला खाने गर्छु । आफ्ना कमजोरी सबैभन्दा चााडो मानिसलाई विश्वास गर्छु । बैंकिङ क्षेत्रमा यसले धोका हुनसक्दोरहेछ । बैंकिङ क्षेत्रमा 'हुादैन' भन्न पनि सिक्नुपर्ने रहेछ । त्यसैले खुशी रहन 'हुादैन' भन्न सिक्नुपर्ने रहेछ । स्वास्थ्य र सम्पत्तिमध्ये कुनै एक रोज्नुपर्दा म स्वास्थ्यलाई नै रोज्ने गर्छु । उपेन्द्रका टिप्स एउटा बैंकको प्रमुख कार्यकारी अधिकृत पानीजहाजको क्याप्टेन जस्तै हो । क्याप्टेनमा कुनै कमजोरी हुनेबित्तिकै पानीजहाज डुब्छ । त्यसैले शारीरिक, मानसिक र बौद्धिक रुपमा एउटा बैंकको प्रमुख कार्यकारी अधिकृत स्वस्थ हुन जरुरी छ । यसका लागि १. नियमित व्यायाम गर्नुपर्छ । २. बिहान र बेलुकाको खानपानमा विशेष ध्यान दिनुपर्छ । ३. अस्वस्थकर खाना खान हुादैन । ४. ढिला रातसम्म पार्टीहरुमा बस्न हुादैन । ५. बौद्धिक रुपमा हरेक दिन अध्ययन गर्न जरुरी छ । ६. नयाा समाचार अध्ययन गरेर हरेक दिन आफूलाई अपडेटमा राख्नुपर्छ । ७. सकारात्मक सोच लिनुपर्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप करियर