जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि उत्पादक संघको अध्यक्षतामा टाइम फर्मास्युटिकल्सका जी नारायणबहादुर क्षेत्री विजयी हुनुभएको छ । असोज २९ गते राजधानीमा भएको २५ औं बार्षिक साधारण सभामा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । उहाँले २७ मत प्राप्त गर्नुभएको थियो भने अर्का अध्यक्षका लागि प्रत्यासी लोमस फर्मास्युटिकल्सका प्रज्वल जंग पाण्डेले २२ मत प्राप्त गर्नुभएको थियो । क्षेत्री संघको निवर्तमान उपाध्यक्ष र पाण्डे महासचिव हुनुहुन्थ्यो । संघको नयाँ कार्यसमिति सदस्याहरुमा अलाइभ फर्मास्युटिकल्सका सुवर्णभक्त जोशी, मारुति फर्माका प्रभात रूंगटा, इनोभेटिक फर्मास्युटिकल्सका विप्लव अधिकारी, आदि रिमेडिजका सन्तोष बराल, क्वेष्ट फर्मास्युटिकल्सका पृथ्वी राजभण्डारी, ओम्निका ल्याबोरेटोरीका महेशप्रसाद प्रधान, सिटिएल फर्मास्युटिकल्सका दिपेन्द्रबहादुर प्रधान, म्याग्नस फर्माका प्रेमकुमार जाटिया र फ्लोरिड ल्याबोरेटोरिजका विजयराज शाक्य बिजयी हुनुभएको छ । दुवै प्रत्यासीबीच सहमति जुटाउने प्रयास भएको थियो तर सफल हुन सकेन । त्यसपछि मतदान गरिएको थियो । हरेक दुई वर्षमा संघको नयाँ कार्यसमिति चयन हुने गर्छ । संघको विधानअनुसार अध्यक्षले बाँकी कार्यसमितिको विभिन्न पदका लागि मनोनयन गर्ने परम्परा छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
कर्पोरेट हेल्थ
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३ट्रेन्डिङ
४

