जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि उत्पादक संघको अध्यक्षतामा टाइम फर्मास्युटिकल्सका जी नारायणबहादुर क्षेत्री विजयी हुनुभएको छ । असोज २९ गते राजधानीमा भएको २५ औं बार्षिक साधारण सभामा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । उहाँले २७ मत प्राप्त गर्नुभएको थियो भने अर्का अध्यक्षका लागि प्रत्यासी लोमस फर्मास्युटिकल्सका प्रज्वल जंग पाण्डेले २२ मत प्राप्त गर्नुभएको थियो । क्षेत्री संघको निवर्तमान उपाध्यक्ष र पाण्डे महासचिव हुनुहुन्थ्यो । संघको नयाँ कार्यसमिति सदस्याहरुमा अलाइभ फर्मास्युटिकल्सका सुवर्णभक्त जोशी, मारुति फर्माका प्रभात रूंगटा, इनोभेटिक फर्मास्युटिकल्सका विप्लव अधिकारी, आदि रिमेडिजका सन्तोष बराल, क्वेष्ट फर्मास्युटिकल्सका पृथ्वी राजभण्डारी, ओम्निका ल्याबोरेटोरीका महेशप्रसाद प्रधान, सिटिएल फर्मास्युटिकल्सका दिपेन्द्रबहादुर प्रधान, म्याग्नस फर्माका प्रेमकुमार जाटिया र फ्लोरिड ल्याबोरेटोरिजका विजयराज शाक्य बिजयी हुनुभएको छ । दुवै प्रत्यासीबीच सहमति जुटाउने प्रयास भएको थियो तर सफल हुन सकेन । त्यसपछि मतदान गरिएको थियो । हरेक दुई वर्षमा संघको नयाँ कार्यसमिति चयन हुने गर्छ । संघको विधानअनुसार अध्यक्षले बाँकी कार्यसमितिको विभिन्न पदका लागि मनोनयन गर्ने परम्परा छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
कर्पोरेट हेल्थ
माघ २ गतेदेखि सुरु हुँदै ‘एपोन कप फूटसल २०२६’, १६ टिमको सहभागिता
सोमबार, पुस २८, २०८२
राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिको सरकारलाई आग्रहः 'सहमति समयमै कार्यान्वयन होस्'
मंगलबार, मंसिर १६, २०८२
औषधि व्यवसायी र सरकारबीच लिखित सहमति, आन्दोलन फिर्ता (सहमति पत्रसहित)
सोमबार, मंसिर १५, २०८२ट्रेन्डिङ


