जनस्वास्थ्य सरोकार, काठमाडौँ । न्यूट्रिसियुटक्लसको नाममा विक्रि वितरण हुँदै आएका सामग्री तत्काल रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।
विभागले औषधिको नाममा विभागमा दर्ता नै नभएका खाद्य पुरक सामग्रीको विक्रि वितरण र सिफारिस नगर्न निर्देशन जारी गरेको छ ।
वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट स्थित औषधि पसलको अनुगमनको क्रममा व्यापक रुपमा पुरक खाद्य सामग्रीहरुको विक्रि वितरण भएको पाइएकोले विभागले त्यसलाई तत्काल रोक्न र चिकित्सकहरुलाई त्यस्ता सामग्री सिफारिस समेत नगर्न भन्दै सूचना मार्फत जनाएको हो ।
त्यस्ता वस्तुहरु गुणस्तरीय, असरयुक्त, जनसुरक्षित हुन् भन्ने पर्याप्त अभिलेख आधार नरहेको र कतिपय यी मिश्रित सामग्रीहरु सरकारले रापत्रमा प्रतिबन्धित सुचिमा समेत समावेश गरिसकेकाले त्यस्ता सामग्रीहरु विक्रि वितरण गर्न सेवनको लागि प्रोत्साहन गर्न तत्काल रोक लगाउन जानकारी गराएकोे छ ।
विभागले जारी गरेको सुचि
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
औषधि
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३ट्रेन्डिङ
४

