कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्याछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन् । यसबेला दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
पोषण
माइग्रेन हुँदा खानुहोस् यी ५ खानेकुरा, दुखाइ कम गर्न यस्तो बानी अपनाउनुहोस्
सोमबार, भदौ २९, २०८३
एक महिनासम्म दैनिक दुई अण्डा खाँदा शरीरमा के-कस्ता परिवर्तन आउन सक्छन् ?
बुधबार, भदौ २४, २०८३
एक महिनासम्म नियमित कागती पानी पिउँदा शरीरमा के–के परिवर्तन हुन्छ ?
सोमबार, भदौ १५, २०८३
चर्को गर्मीमा खानपानमा यी तीन कुरामा ध्यान दिनुहोस्
आइतबार, भदौ ७, २०८३
