लागू औषधको अवैध उत्पादन, प्रयोग, ओसारपसार जस्ता कार्यहरु दिनहुँ बढिरहेका छन् । लागुऔषध एक जना व्यक्तिको नभई सिङ्गो समाजको समस्या भएकाले समाज नै मिलेर यसको सामना गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । नेपालमा एक लाख ४२ हजार कडा लागुऔषध प्रयोगकर्ता रहेको र हरेक वर्ष ११ दशमलव ६७ प्रतिशतले बढिरहेको गृहमन्त्रालय लागू औषधि कार्यक्रमले जनाएको छ । जसमध्ये महिलाको संख्या १० प्रतिशत छ । विश्व स्वास्थ्य संगठनका अनुसार, लागू औषध रसायनिक पदार्थ हो जसको प्रयोगले शारीरिक कार्य तथा यसको वनावटमा परिवर्तन ल्याउनसक्छ । त्यसैले लागू पदार्थको सेवन गर्न हुँदैन । मस्तिष्क अंगहरुबीच सन्तुलन र गति बिग्रने चेतना हराउने एकाग्रता नहुने अनिद्रा स्मरणशक्तिमा ¥ह«ास मतिभ्रम मनोविक्षिप्तता मुटु उच्चरक्तचाप हृदयघात मुटुको गति बढ्ने घट्ने फोक्सो दीर्घखोकी ब्रोन्काइटिस क्यान्सर कलेजो र पाचन प्रणाली कब्जियत ग्याँस्टिक कमलपित्त हेपाटाइटिस बी र सी क्यान्सर प्रजनन स्वास्थ्य अनियमित महिनावारी बाँझोपना बारम्बार गर्भ खेर जाने कम तौलको बच्चा जन्मिने मिर्गौला नपुंसकता लागु पदार्थमा फस्नेहरु सानो उमेरका केटाकेटी, युवायुवती र पाका उमेरका वृद्धवृद्धा समेत भेटिन्छन् । लागु पदार्थ दुव्र्यसनको लतमा फस्नेहरुमा अधिकांश तन्नेरी र युवायुवतीको ठुलो जमात छ । विशेषगरी माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरु लागू पदार्थको लतमा फस्ने गरेको पाइएको छ । अज्ञानतावस साथीभाइको देखासिकी अथवा एकपटक चाखी हेरौ भन्दै दुव्र्यसनमा फस्ने गरेको पाइन्छ । जवानहरु उमेरका कारण धाकधक्कुमा बढी रमाउने, विपरित लिङ्गिप्रति आकर्षण भएर चुरोटको सर्काे तान्ने धुवाँ उडाउने रक्सीको चुस्की लगाउनेलगायत विभिन्न लागू औषधको प्रयोग जस्ता कुलतमा फस्ने गरेको देखिन्छ । नेपालमा लागू औषध (नियन्त्रण) ऐन २०३३ ले गाँजा र गाँजाबाट बनेका पदार्थहरु, अफीम, कोका तथा रसायनयुक्त पदार्थहरुको उत्पादन, प्रयोग, भण्डारण, ओसारपसार र बिक्रि वितरणमा रोक लगाएको छ । यसको कारोवार गर्ने व्यक्तिलाई अधिकतम २५ लाख रुपियाँसम्म जरिवाना र जन्मकैदसम्म हुने कानुनी प्रावधान छ । नेपाल प्रहरी लागू औषध नियन्त्रण ब्युरो प्रमुख धिरु बस्न्यात भन्नुहुन्छ— ‘लागुऔषधको प्रयोग वृद्धि हुनु भनेको स्वतः अपराधको पनि वृद्धि हुनु हो । त्यसैले यसको नियन्त्रणमा सबै पक्षको सहयोग र समन्वय आवश्यक छ ।’ गृह मन्त्रालय लागू औषधि नियन्त्रण कार्यक्रमले बालबालिका र युवाको स्वास्थ्य र सुरक्षित विकासका लागि सर्वप्रथम उनीहरुको कुरा सुनौँ’ भन्ने मूल नाराका साथ नेपालमा सप्ताहव्यापी लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर १९८७ मा प्रत्येक वर्ष जुन २६ लाई लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

