केमिकल सोलुसनको प्रयोग गरी छालाको दागहरु हटाउने र छाला मुलायम बनाउने प्रविधिलाई केमिकल पीलिङ्ग भनिन्छ । सामान्यतया केमिकल पीलिङ्गलाई सुपरफिशियल, मिडियम र डीप पीलिङ्गमा विभाजन गरेर बुझ्न जरुरी हुन्छ ।
सुपरफिशियल केमिकल पील
सुपरफिशियल केमिकल पील सबैभन्दा हल्का र नरम खालको पील हो । यसले केवल इपिडर्मिस छालाको माथिल्लो तहलाई मात्र असर गर्दछ र छालाको गहिराई सम्म जाँदैन । तिनीहरु छालाको माथिल्लो सतहको क्षतिको लागि प्रभावकारी हुन्छन् । जस्तैः भर्खरै शुरु भएको चाहुरीपना र डण्डिफोरले असर गरेको शुरुको अवस्था आदि । कुनै असर बिना छिटो परिणाम प्राप्त गर्न र संवेदनशील छालामा अल्फा हाइड्रोसिल एसिड (एएचए) पनि प्रयोग गर्न सकिन्छ ।
मिडीयम केमिकल पील
यी पीलहरु चाउरीपना र गहिरो डण्डीफोरको दाग, हटाउन र अन्य अनुहारमा भएका दागहरु हटाउन प्रयोग गरिन्छ । मिडियम पीलमा ट्राइक्लोरोएसेटिक एसिड हुन्छ जसले छालाको भित्री सतह सम्म प्रवेश गर्छ र सुपरफिशियल केमिकल पील भन्दा राम्रो परिणाम दिन्छ ।
डीप केमिकल पील
डीप पीलहरु सामान्यतया भित्री सतह डर्मिससम्म पुग्छ र डण्डीफोरको दागहरु हटाउन प्रयोग गरिन्छ । फिनोल प्रायः डीप पीलमा प्रयोग गरिने एक केमिकल हो । प्रभावकारिता र उपचारको आधारमा यी पील धेरै हप्तादेखि महिनासम्म प्रयोग गर्न सकिन्छ ।
कस्तो समस्यामा पीलिङ्ग गर्ने ?
- डण्डीफोरको दाग
-हल्का चाउरीपना
- चाँया (पोतो)
- तील कोठी
- घामले असर गरेको अनुहार
- अनुहारमा निखार ल्याउन
उपचार पछिको हेरचाह कस्तो हुनुपर्छ ?
- अनुहार सफा राख्ने
- दिनको २–४ पटक मोश्चराइजरको प्रयोग गर्ने
- घामको किरणदेखि बच्ने
-धुम्रपान नगर्ने
- सामान्यतया कस्मेटिक्स ७–१० दिन पछि मात्र प्रयोग गर्ने आदि ।
केमिकल पीलिङपछि देखिने परिणाम कस्तो हुन्छ ?
सुपरफिशियल केमिकल पील निको हुन १ देखि ७ दिन सम्म लाग्न सक्छ । पील गरेको छाला पहिले रातो देखिन सक्छ । क्रिम र लोशनको प्रयोगको साथ साथै दिनहुँ सनस्क्रिनको प्रयोग गर्नाले छालामा सुधार आउन सुरु हुन्छ । पीलिङ गरेको भोलिपल्टबाट मेकअप गर्न सकिन्छ ।मिडीयम केमिकल पील गरेको छाला निको हुन ७ देखि १४ दिन सम्म लाग्छ । पील गरेको छाला पहिले रातो र सुन्निएको देखिन सक्छ जुन ४८ घण्टा सम्म रहन सक्छ । त्यसपछि छालामा पीलको प्रभाव देखिन सकिन्छ । राम्ररी निको नभए सम्म घामको किरण देखि बच्नुपर्दछ ।डीप पील गरेको छाला निको हुन १४ देखि २१ दिन सम्म लाग्छ । उपचार गरेको भागमा ब्यान्डेज प्रयोग गर्न सकिन्छ । छालालाई कम्तिमा दिनको ४ देखि ६ पटक सम्म भिजाउने र पहिलो १४ दिन सम्म ओएन्टमेन्टको प्रयोग गर्नु पर्दछ । त्यसपछिको १४ दिन सम्म बाक्लो गरेर मोइश्चराइजर लगाउने र क्रिम र लोशनको प्रयोग गर्नुपर्दछ । ३ देखि ६ महिना सम्म सूर्यको किरणदेखि बच्नुपर्दछ ।
(डा. श्रेष्ठ डर्माटोलोजी, एस्थेटिक एण्ड लेजर सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
औषधि
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३

