के तपाईले सामान्य दुःखाई महशुस हुँदा पनि पेन किलक (दुःखाइ कम गर्ने औषधि) सेवन गर्ने बानी बसाल्नुभएको छ ? होस् पुर्यानुहोस् है ! सामान्य दुःखाइमा पेन किलर सेवन स्वास्थ्यका लागि हानीकारण सवित हुन सक्छ । यसले विभिन्न किसिमका शारीरिक समस्या निम्त्याउन सक्छ ।दुःखाई कम गर्ने औषधि विभिन्न किसिमका हुन्छन् । बजारमा एनएसएआइडी ग्रुपका पेनकिलरहरु सजिलै किन्न पाइन्छ । यस ग्रुपभित्र प्रुफिन, डिक्लो, निम्स लगाएतका औषधिहरु पर्दछन् । यस्ता औषधि लामो समयसम्म सेवन गरेमा यसले मिर्गौलालाई पुर्णरुपमा क्षति पुर्याउन सक्दछ । पेनकिलरको असर वयस्क उमेरमा त्यति देखिदैन । तर ३५—४० वर्ष कटेपछि मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचाप जस्ता दीर्घरोगहरुले सताउन थाल्दछ । उमेर बढ्दै जाँदा दुखाईकम औषधिको असर पनि बढ्दै जान्छ ।
यस्ता औषधिले शरीरभित्र एलर्जीक असर निम्त्याउँछ ।
यो जुनसुकै उमेर समुहका मानिसलाई पनि हुनसक्छ । चिकित्सकको सल्लाह बिना यस्ता औषधि लामो समयसम्म सेवन गर्नुहुँदैन । ज्वरो आएको बेला यसैपनि रक्तचाप न्युन भइरहेको हुन्छ । मिर्गौलाले राम्रोसँग काम गर्न सक्दैन । यस्तो अवस्थामा आवश्यकता भन्दा बढी पेनकिलर सेवन गरियो भने गम्भिर समस्या निम्तिन सक्छ । विशेषगरी मुटु रोगीले पेन किलर सेवन गर्दा विशेष सावधानी अपनाउनुपर्दछ । उनीहरुको मुटुको काम गर्ने क्षमता कम हुन्छ ।
यदि उनीहरुले पेन किलर सेवन गरेमा शरीरमा पानी र नुनको मात्रा बढ्न गई मुटुलाई काम गर्न झनै गाह्रो हुन्छ । जसले गर्दा मानिस अचानक सुन्निने र श्वासप्रश्वासमा समस्या देखिन्छ ।मुटु रोगीहरुले पेनकिलर खानै परेमा चिकित्सकसँग परामर्श लिएर ओपिएट ग्रुपको औषधि सेवन गर्न सक्छन् । ट्रमाडोल नामक औषधि बजारमा सजिलै किन्न पाइन्छ । यसले कुनै हानी गर्दैन । दीर्घरोगीहरुले पेनकिलर खाँदा विशेषख्याल पुर्याउनुपर्छ । एक्टिभ इन्फेक्सन जस्तै, ज्वरो, न्युनरक्तचाप, झाडापखाला र वान्ता भइरहेको अवस्थामा पेनकिलर सेवन गर्नुहुँदैन । (डा. उप्रेती इन्टरनल मेडिसिन विशेषज्ञ हुनुहुन्छ ।)
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३
युरोपेली स्किनकेयर ब्रान्ड ‘प्योर डर्मा’ को नेपाल प्रवेश
आइतबार, जेठ २४, २०८३
औषधि व्यवस्था विभागको कार्यशैलीमाथि प्रश्न, सेवा प्रवाह सुधार्न मन्त्रीको दबाब
शनिबार, जेठ २३, २०८३
नेपाल उद्योग बाणिज्य महासंघमा विप्लव अधिकारीको प्रवेश
बुधबार, वैशाख २३, २०८३ट्रेन्डिङ

