नेभिगेशन

कोरोना संक्रमणबारे भ्रम निवारण 

१. कसैलाई रुघाखोकी लाग्दैमा उसलाई कोरोना संक्रमण भएको हुँदैन | २. कोरोना संक्रमण नयाँ रोग हैन, पहिले सार्स र मर्सको नाममा फैलिएको थियो | भाइरसको स्वरूपमात्र नयाँ हो | ३. स्वस्थ पशुपंक्षीबाट कोरोना सर्दैन | ४. सबै चाइनिजबाट कोरोना सर्दैन | संक्रमित चिनिया यहाँ भेटिएका छैनन् | ५. चिनिया खानाले कोरोना सर्दैन | ६. चीनबाट पठाएका सामान, खाम, खाध्य पदार्थबाट कोरोना सर्दैन | शरीर बाहिर कोरोना लामो समय बाँच्दैन | ७. मासु खाँदैमा कोरोना सर्दैन | ८. नुनपानीले वा अरु गार्गलले कुल्ला पनि कोरोना संक्रमण रोकिदैन | ९. चीनबाट आएका सबै व्यक्तिमा कोरोना लागेको हुँदैन | १०. लसुनले कोरोना ठिक हुन्छ भन्ने भ्रम हो | अहिलेसम्म कोरोना संक्रमणको कुनै औषधि, खोप छैन | ११. कोरोना संक्रमणलाई एन्टिबायोटिकले ठिक गर्दैन | यो भाइरल रोग हो, एन्टिबायोटिकले ठिक गर्ने ब्याक्टेरियल संक्रमणमा हो | १२. कोरोना लागेको व्यक्तिले अरु सबैलाई रोग सार्न सक्दैन | जसको इम्युनिटी पावर राम्रो छ, त्यसलाई सर्दैन | १३. कोरोना संक्रमण भएका सबैको मृत्यु हुँदैन | १०० जनालाई कोरोना संक्रमण भएमा २ –३ जनाको मात्र मृत्यु हुनसक्छ | १४. कोरोना बुढाबुढीलाई मात्र सर्दैन | जो कोहिलाई पनि सर्न सक्छ | कोरोना संक्रमण हुँदैमा संक्रमित सबै बुढाबुढी मर्दैनन | १५. इन्फ्लुएन्जा तथा निमोनियाको सुई लगाएका व्यक्तिलाई पनि अरुलाई जस्तै कोरोना सर्न सक्छ | १६. मास्कले लगाउँदैमा कोरोना संक्रमणबाट बचिदैन |
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख