जनस्वास्थ्य सरोकार, काठमाडौं । बेलायतमा हरेक वर्ष ३ जना नेपाली युवा न्युरो सर्जनहरुले न्युरो सर्जरी विधामा निःशुल्क फेलोसिप लिने सुविधा पाएका छन् । सोसाइटी अफ ब्रिटिस न्यूरोसर्जिकल सर्जन्स् (एसबीएनएस) ले प्रा.डा. उपेन्द्र देवकोटाको सम्मानमा स्थापना गरेको ‘एसबिएनएस देवकोटा वर्सरी’ नामक कोषअन्तर्गत ति नेपाली युवा न्युरो सर्जन्स्हरुलाई यो सुविधा उपलब्ध गराइएको हो ।
यस वर्ष सन् २०२० मा नेपालबाट युवा न्युरो सर्जन डा. प्रत्युस श्रेष्ठ, डा. सागर कोइराला र डा. राजनकुमार शर्मा छनौट हुनुभएको छ । फेलोसिपका लागि १२ जना नेपाली युवा न्युरो सर्जन्सहरुले आवेदन गरेकोमा उत्कृष्ठताका आधारमा ३ जना छनौटमा पर्नुभएको हो ।सोसाइटी अफ ब्रिटिस न्यूरोसर्जिकल सर्जन्स् (एसबीएनएस) का अध्यक्ष प्रा.डा. नेल किचेन आफैं नेपाल आएर नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सका अध्यक्ष डा. कृष्ण शर्मा र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा . भगवान कोइराला, प्रा.डा. मधु देवकोटा, वरिष्ठ सर्जन डा. दिनेश नाथ गोंगललगायतका व्यक्तिहरुको समुपस्थितिमा सिएमई कार्यक्रमको आयोजना गर्नुका साथै सम्बन्धित न्युरो सर्जन्सहरुको अन्तर्वार्ता लिनुभएको थियो ।
प्रा.डा. देवकोटाले नेपाललगायत दक्षिण एसियामा नै न्युरो सर्जरीको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँको अधुरो सपना पूरा गर्ने चाहनाका साथ नयाँ पुस्ताका न्युरो सर्जन्सहरुलाई बेलायतमा लगेर न्युरो सर्जरीका नयाँ आयामहरु बारे अवगत गराउन यो अवसर प्रदान गरिएको हो ।प्रा.डा. किचेनले उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेस्को अवलोकनसमेत गर्नुभएको थियो । प्रा.डा. मधु देवकोटाले भन्नुभयो—‘नेपाल र बेलायतको विशिष्ट न्युरो सर्जरीको विषयमा एड्भान्स् कोर्षका लागि एकदमै ठूलो सम्बन्ध छ । प्रा.डा. देवकोटा बेलायती सरकारको फेलोसिपमा न्युरो सर्जरी अध्ययनका लागि जानुभएको थियो । उहाँ नभएपछि नेपाल र बेलायतबीचको न्युरो साइन्सको विकासमा सहकार्य चुडिने हो कि भन्ने पिर लागेको थियो । तर यो कार्यले यो बर्षदेखि निरन्तरता पाउने भयो । यसले मलाई निकै खुशी तुल्याएको छ ।’ नेपालको लागि आवश्यकपर्ने तालिम उपलब्ध गराएर पठाउने एसबीएनएसले प्रतिवद्धता जनाएको छ । यसवर्ष एसबीएनएसका अध्यक्ष आफैं आएर बिद्यार्थी छनौट गर्नुभएको छ भने अर्को वर्ष अरु कुनै प्रतिनिधि आउने प्रा.डा. मधु देवकोटाले जनस्वास्थ्य सरोकार पत्रिकालाई बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
महिला लागूऔषध प्रयोगकर्ताको अदृश्य पीडाः समाजले बुझेन, प्रणालीले समेटेन
शुक्रबार, साउन ८, २०८३
युवाको आवाज समेटेर जनसांख्यिकीय नीति बनाउन सरकार–युएनएफपिएको जोड
शुक्रबार, साउन १, २०८३
नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ


