
हाम्रो शरीरमा कुनै पनि समय स्वास्थ्य समस्या देखा पर्न सक्दछ । यस्ता समस्या समाधान गर्न विभिन्न किसिमका उपचार पद्धतीहरु आविष्कार भएका छन् । त्यसमध्ये फिजियोथेरापी पद्धती पनि एक हो । यसलाई वैज्ञानिक चिकित्सा पद्धती भनिन्छ । नेपाली भाषामा यसलाई भौतिक चिकित्सा भन्ने गरिन्छ ।
विभिन्न किसिमका रोगहरुलाई बिना औषधि शारीरिक ब्यायाम गर्न लगाई विधुतिय उपकरणको मद्धतले फिजियोथेरापिस्टको प्रत्यक्ष संलग्नतामा गरिने उपचार पद्धतीलाई फिजियोथेरापी भनिन्छ ।
फिजियोथेरापी उपचार पद्धतीबाट मांसपेशी तथा हाडजोर्नी सम्बन्धी समस्याहरु जस्तै, गर्दन दुःख्ने, ढाड दुःख्ने, घुँडा दुःख्ने र कुर्कुच्चा दुःख्ने साथै नशा रोग सम्बन्धी समस्या जस्तै, प्यारालाईसिस, मुख बाँङ्गिएको, हात नचल्ने, स्पाइनल कर्ड इन्जुरी र सेरेबल पाल्सी जस्ता समस्याहरुको उपचार सजिलै गर्न सकिन्छ ।
फिजियोथेरापी उपचार पद्धती भर्खरै जन्मेको बच्चादेखि नमरुन्जेलसम्म हरेक उमेरका ब्यक्तिविशेषमा प्रयोग गर्न सकिन्छ । अझ गर्भवती भएको अवस्थामा फिजियोथेरापी गर्नाले नर्मल डेलिभरी हुनसक्ने सम्भावना रहन्छ । साथै आँङ खस्ने, ढाड दुःख्ने जस्ता समस्याबाट बच्न सकिन्छ ।
हाम्रो शरीर जति चलायमान भयो त्यति नै तन्दुरुस्त र फुर्तिलो हुन्छ । शारीरिक अभ्यास, व्यायाम गरिएन भने शरीर विस्तारै मक्किदै, खिँइदै र सिथिल हुँदै जान्छ ।
आजकाल अधिकांश मानिसहरु टेलिभिजन हेर्न, ल्यापटप कम्युटर र मोबाइल चलाउनै बढी समय व्यतित गर्छन । साथै जंकफुड र बढी क्यालोरी भएका खाना खान रुचाउछन् । जसले गर्दा मोटोपनाको समस्या दिनानुदिन बढ्दै गइरहेको छ । यसरी शारीरिक व्यायाम र जीवनशैलीलाई वेवास्ता गर्दा मधुमेह र उच्च रक्तचाप जस्ता दीर्घ रोगबाट ग्रसित हुनुपरिरहेको छ ।हाम्रो जीवनमा शारीरिक ब्यायामको ठुलो महत्व रहेको छ । व्यायम गर्ने चक्करमा जथाभावी व्यायाम गर्दा शरीरलाई नै हानी गर्न पनि सक्छ । त्यसकारण व्यवस्थित तरिकाले शारीरिक अभ्यास गर्न सिकाउने हेल्थ प्रोफेसन नै फिजियोथेरापी हो । (सोम प्रसाद रिजाल सिनियर फिजियोथेरापिस्ट हुन् ।)
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
