समस्या समाधानका लागि सरकारलाई आग्रह गरिएको र सहज भएमा ती औषधि छिट्टै नेपाल ल्याइने उनीहरूको भनाइ छ। भारतले निर्यात प्रतिबन्ध हटाएका औषधिहरूमा नेपालमा उत्पादन नहुने जीवनरक्षाका लागि प्रयोग हुने र सीसीयू तथा आईसीयुमा प्रयोग हुने औषधी रहेको बताइएको छ। कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा बढ्दै गएपछि भारतले आफ्नो देशमा उत्पादन हुने २६ प्रकारका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखियो।
भारतले प्यारासिटामोलबाहेक अरू सबै औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाए पनि ढुवानीको असहजता र कामदार अभावका कारण ती औषधि नेपाल आयात गर्न समस्या देखिएको व्यवसायीहरूले बताएका छन्।
कस्ता अप्ठेरा छन् ?
विभिन्न देशको आग्रहपछि हाल उसले प्यारासिटामोल बाहेकका सबै औषधीको निर्यात माथिको प्रतिबन्ध हटाएको छ। यसबाट उत्साहित नेपाली व्यवसायीहरूले त्यस्ता औषधी आयातको योजना बनाइसकेका छन् । तर दुवै देशमा लकडाउनको स्थितिमा सामान ल्याउन समस्या देखिएको नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए। "हामीले आयातका लागि भनेका छौँ।तर भारतमा पनि लकडाउन भएकाले त्यहाँ ढुवानीकर्ताको व्यवस्थापन गर्न अनि सामान बोक्न र झिक्न आवश्यक कामदार जुटाउन समस्या परिरहेको बताइएको छ," उनले भने।
मजदुरलाई पासको माग
एउटै प्रकारको औषधि र एउटै व्यवसायीको भएमा मात्रै ढुवानीकर्ताहरूले सहजै ल्याइदिने गरेको अनुभव व्यवसायीहरूको छ। दुवै देशका भन्सार जाँचका क्रममा आवश्यक पर्ने मजदुरलाई समेत पासको व्यवस्था गर्नुपर्ने उनीहरूको अनुरोध छ । भारतको औषधि निर्यात खुल्ला गर्ने निर्णयसँगै नेपालमा उत्पादन हुने औषधिका लागि भारतबाट आयात गर्नुपर्ने कच्चापदार्थ पनि सहज हुने अपेक्षा औषधि उत्पादकहरूले गरेका छन् । तर त्यसका लागि पनि ढुवानी र मजदुर दुवैको व्यवस्थालाई सहज पारिनुपर्ने औषधि उत्पादक सङ्घका अध्यक्ष नारायणबहादुर क्षेत्रीले बताए । आफूहरूसँग हाल केही कच्चा पदार्थ भएपनि लकडाउन अझै लम्बिँदै गएमा त्यसको प्रभाव नेपालमा उत्पादन हुने औषधिमा समेत पर्न सक्ने उनको भनाइ छ। बीबीसी
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एफएनसीसीआई कार्यकारिणीमा एपोन अध्यक्ष विप्लव अधिकारीको उम्मेदवारी घोषणा
बुधबार, चैत ११, २०८२
खुद्रा औषधि व्यवसायीलाई क्षयरोग नियन्त्रणमा साझेदार बनाउन आग्रह
मंगलबार, चैत १०, २०८२
नेपालमै क्यान्सर औषधि—स्वदेशी सम्भावनाको कथा
बुधबार, चैत ४, २०८२
‘नेपाल फर्मा एक्स्पो २०२६’ मा १२ हजारभन्दा बढीको अवलोकन
आइतबार, चैत १, २०८२
फार्मामा नवीनता र प्रविधिको संगम : भृकुटीमण्डपमा सुरु भयो ‘नेपाल फर्मा एक्स्पो २०२६’
बिहीबार, फागुन २८, २०८२ट्रेन्डिङ


भारतले प्यारासिटामोलबाहेक अरू सबै औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाए पनि ढुवानीको असहजता र कामदार अभावका कारण ती औषधि नेपाल आयात गर्न समस्या देखिएको व्यवसायीहरूले बताएका छन्।