जनस्वास्थ्य सरोकार । कोरोना भाइरस संक्रमणमा एक प्रभावकारी एन्टि भाइरल ड्रग परीक्षणमा विफल भएको खबर छ । यो औषधि रैंन्डम क्लिनिकल परीक्षणमा फेल (विफल) भएको हो । यो औषधिको ट्रायलले विश्वभर आशा जगाएको थियो ।
यो एन्टिभाइरल औषधिको नाम रेमडेसिवयर हो । यो औषधि चिनियाँ परीक्षणमा असफल भएको हो । विश्व स्वास्थ्य संगठनको दस्तावेजमा यसको जानकारी प्राप्त भएको थियो ।
रिपोर्ट अनुसार २३७ बिरामीहरूलाई यो परीक्षण गरिएको थियो । यी बिरामीहरू मध्ये, १५८ लाई रेमडेसिवयरदिइयो र बाँकी ७९ जना व्यक्तिलाई प्लेसीबो दिइयो । एक महिना पछि रेमडेसिवयर लिने १३.९ बिरामीको मृत्यु भयो र प्लेसीबो लिने १२.८ प्रतिशत बिरामीको पनि ज्यान गयो ।हुन त साइड इफेक्टका कारण परीक्षण पहिले नै रोकिएको थियो । यस औषधिको पछाडि एक अमेरिकी कम्पनि गिलियड साइन्स थियो ।
यो औषधिका बारे धेरै आशा थियो । तर बिरामीमा कुनै सुधार देखिएन । यसको मतलब रेमडेसिवयर औषधि दिएका बिरामीको रगतमा किटाणुहरु कम भएन । यस असफलताको रिपोर्ट विश्व स्वास्थ्य संगठनद्वारा विस्तृत रूपमा प्रकाशित गरिएको थियो । विश्व स्वास्थ्य संगठनले पछि भन्यो कि ड्राफ्ट रिपोर्ट अपलोडमा त्रुटी भयो र अहिले रिपोर्ट हटाइयो ।कम्पनीले के भन्यो ? अमेरिकी कम्पनी गिलियड साइन्सले विश्व स्वास्थ्य संगठनको पोष्टलाई लिएर बिरोध जनायो । अमेरिकी फर्म गिलियड साइन्सका प्रवक्ताले भने, ‘हामी यो पोस्टमा अध्ययनसँग सम्बन्धित अनुपयुक्त जानकारी रहेको विश्वास गर्दछौं ।’ उनी भन्छन् कि यो धेरै नामांकन हुनुका कारण धेरै पहिले हटाइएको हो र यस्तो अवस्थामा यो धेरै अर्थपूर्ण थिएन । यो परीक्षण असफल भएको हुन सक्छ । तर यो औषधिलाई अगाडि बढाउन सबै मार्गहरू बन्द भएको होइन आगामी दिनमा यसमा थप परीक्षणहरू हुनेछन् र थप नतिजाहरु अगाडि आउनेछन् । बीबीसी
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एफएनसीसीआई कार्यकारिणीमा एपोन अध्यक्ष विप्लव अधिकारीको उम्मेदवारी घोषणा
बुधबार, चैत ११, २०८२
खुद्रा औषधि व्यवसायीलाई क्षयरोग नियन्त्रणमा साझेदार बनाउन आग्रह
मंगलबार, चैत १०, २०८२
नेपालमै क्यान्सर औषधि—स्वदेशी सम्भावनाको कथा
बुधबार, चैत ४, २०८२
‘नेपाल फर्मा एक्स्पो २०२६’ मा १२ हजारभन्दा बढीको अवलोकन
आइतबार, चैत १, २०८२
फार्मामा नवीनता र प्रविधिको संगम : भृकुटीमण्डपमा सुरु भयो ‘नेपाल फर्मा एक्स्पो २०२६’
बिहीबार, फागुन २८, २०८२ट्रेन्डिङ

