जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को ४७ औं स्थापना दिवसको अवसरमा काठमाडौं जिल्ला शाखाले आफ्नो कार्यालय स्थापना गरिएको छ ।
काठमाडौंका बिजुली बजारमा स्थापना गरिएको सो कार्यालयको नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठले समुद्घाटन गर्नुभयो ।यस कार्यालयबाट औषधि दर्ता, नविकरणलगायतका औषधि व्यवस्था विभागबाट हुने सम्पूर्ण कार्यमा व्यवसायीहरुलाई सहयोग गर्ने शाखाका महासचिव शुभमान श्रेष्ठले जानकारी गराउनुभयो ।सो अवसरमा कोभिड—१९ महामारीको त्रास हुँदाहुँदैपनि निकै सुरक्षा अपनाएर ५० जना भन्दा बढी औषधि व्यवसायीहरुले रक्तदान गर्नुभएको थियो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।


प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३


