जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को ४७ औं स्थापना दिवसको अवसरमा काठमाडौं जिल्ला शाखाले आफ्नो कार्यालय स्थापना गरिएको छ ।
काठमाडौंका बिजुली बजारमा स्थापना गरिएको सो कार्यालयको नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठले समुद्घाटन गर्नुभयो ।यस कार्यालयबाट औषधि दर्ता, नविकरणलगायतका औषधि व्यवस्था विभागबाट हुने सम्पूर्ण कार्यमा व्यवसायीहरुलाई सहयोग गर्ने शाखाका महासचिव शुभमान श्रेष्ठले जानकारी गराउनुभयो ।सो अवसरमा कोभिड—१९ महामारीको त्रास हुँदाहुँदैपनि निकै सुरक्षा अपनाएर ५० जना भन्दा बढी औषधि व्यवसायीहरुले रक्तदान गर्नुभएको थियो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।


प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
माघ २ गतेदेखि सुरु हुँदै ‘एपोन कप फूटसल २०२६’, १६ टिमको सहभागिता
सोमबार, पुस २८, २०८२
राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिको सरकारलाई आग्रहः 'सहमति समयमै कार्यान्वयन होस्'
मंगलबार, मंसिर १६, २०८२
औषधि व्यवसायी र सरकारबीच लिखित सहमति, आन्दोलन फिर्ता (सहमति पत्रसहित)
सोमबार, मंसिर १५, २०८२ट्रेन्डिङ



