जनस्वास्थ्य सरोकार, पर्सा । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो।
पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीमा पखाला लागेको थियो। उपचारका लागि न्याशनल मेडिकल कलेज ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो। मृत्यु पछि ती युवतीको स्वाब परीक्षण गरिएको हो।
स्वाब रिपोर्ट पोजिटिभ आएको छ। यो सँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। त्यस मध्ये तीन जना अन्यत्रका हुन्। रौतहटका दुई र बाराका एक जनाको पनि पर्सामै मृत्यु भएको थियो।
बन्दाबन्दी खुलेपछि मात्रै पर्सामा १३ जनाको मृत्यु भइसकेको छ। त्यस मध्ये अधिकांश लक्षणसहितका संक्रमित छन्। धेरैजसोलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिने गरेको छ। देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
