जनस्वास्थ्य सरोकार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार एक जना वडा अध्यक्ष र ७ जना कर्मचारीमा कोरोना संक्रमण भएको हो । संक्रमित हुने जनप्रतिनिधि नेपालगन्ज–१ का वडा अध्यक्ष हुन् ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार ७ जना कर्मचारी संक्रमित भएकोमा ६ जना अधिकृत स्तरका कर्मचारी हुन् । ३ जना वडामा कार्यरत छन् भने अन्य ४ जना उपमहानगरपालिकाको कार्यालयका हुन् । १६ साउनमा नेपालगन्ज उपमहानगर परिसरमा जनप्रतिनिधि र कर्मचारी गरी ६५ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमित देखिएपछि नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय शिल गरेको छ ।
पछिल्लो समय नेपालगन्जमा यात्रा विवरण नभएका व्यक्तिहरूमा दैनिक रुपमा कोरोना संक्रमण देखिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा २ सय ९५ जनाको परीक्षण गरिएकोमा सोमबार एकैदिन २० जनाको रिपोेर्ट पोजेटिभ आएको छ । जसमा नेपालगन्जका मात्र ११ जना यात्रा विवरण नभएका जनप्रतिनिधि, कर्मचारी र व्यवसायी छन् ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
