जनस्वास्थ्य सरोकार, विराटनगर । उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका एक पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणको आशंकामा उपचार प्रक्रिया अघि बढाइएका विराटनगर महानगरपालिका-९ का ४५ वर्षीय रञ्जीतकुमार साहको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए। उनकाअनुसार ज्वरोका साथै जण्डिसको समस्या देखिएपछि साहलाई उपचारका लागि मंगलबार राति १०:३० बजेतिर अस्पताल पुर्याइएको थियो।
कोरोनासँग मिल्ने लक्षण देखिएको भन्दै आइसोलेसनमा राखेर उपचार सुरु गरिएका उनको दिउँसो १:१० बजेतिर मृत्यु भएपछि अस्पतालमा केहीबेर तनाव भयो। उपचारमा संलग्न चिकित्सकको लापरबाहीले साहको मृत्यु भएको भन्दै अस्पताल परिषरमा परिवारका सदस्य र आफन्तले नाराबाजी गर्दै प्रदर्शन गर्न थालेपछि अवस्था तनावपूर्ण बनेको थियो। ठूलो संख्यामा प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिएर आफन्तलाई सम्झाई बुझाई गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।
आइसोलेसनमा अवस्था थप गम्भीर बन्दै गएपछि कोरोना संक्रमण भए/नभएको छुट्याउन पिससआर परीक्षणका लागि स्वाब संकलन गरिएको केही बेरमै बिरामीको मृत्यु भएको डा. दासले बताए। स्वाबको रिपोर्ट भने आउन बाँकी छ। ‘जतिसक्दो चाँडो परीक्षण गरेर रिपोर्ट यकिन गर्न हामी लागि परेका थियौं’ उनले भने ‘तर रिपोर्ट आउन बाँकी हुँदै बिरामीको मृत्यु भयो।’
कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीको मृत्यु भएको बताउँदै डा. दासले भने, ‘अहिले शव आइसोलेसनमै राखिएको छ। रिपोर्ट आइसकेपछि व्यवस्थापनको प्रक्रिया अघि बढाइने छ।’ उनले कोरोना रिपोर्ट नेगेटिभ आए शव परिवारका सदस्यलाई जिम्मा लगाइने र पोजिटिभ आए प्रक्रिया पूरा गरेर ‘डिस्पोज’ गर्न नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई बुझाइने जानकारी दिए।
लामै समयदेखि स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट पीडित बनेका साहले अस्पतालका वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलसँग उपचार गराउँदै आएका थिए। कोभिड-१९ उपचार केन्द्रका कोरोना फोकल पर्सन समेत रहेका डा. सिग्देलकै सल्लाहमा उनलाई थप उपचारका लागि कोशी अस्पताल ल्याइएको थियो। अन्नपूर्णपोष्टबाट
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
