जनस्वास्थ्य सरोकार, विराटनगर । मोरङमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका दुवैजना पुरुषको शव नेपाली सेना को शव व्यवस्थापन टोलीले बुधबार राती अन्त्येष्टि गरिएको छ।
कानेपोखरी गाउँपालिकास्थित वन क्षेत्रमा लगेर शवको व्यवस्थापन गरिएको हो । विराटनगर महानगरपालिका-९ का र रंगेली नगरपालिका -८ का ४५ वर्षीय पुरुषको कोशी अस्पतालमा बुधबार मृत्यु भएको थियो ।
उपचारका लागि अस्पताल लगिएका विराटनगरका पुरुषको बुधबार दिउँसो १ :१० बजे आइसोलेसनमा र रंगेलीका पुरुषको बिहान १० :३० बजे उपचारका लागि ल्याइ पुर्याउनसाथ मृत्यु भएको हो ।
मृत्यु हुनुअघि रिपोर्ट नआएका उनीहरुमा मृत्युपछि कोरोना संक्रमणको पुष्टि भएको थियो । तर कोरोनाको आशंकामा दुवै जनाको स्वाब संकलन भने मृत्यु हुनुअघि नै गरिएको थियो । उनीहरुको मृत्यु भइसकेपछि दिउँसो ३ :३० बजेतिर रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले शव परिवारलाई नदिइकन राखेको थियो ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले परिवारलाई नदिइकन शव नेपाली सेनाको 'बडी' व्यवस्थापन टोलीलाई जिम्मा लगाइएको बताए । सेनाले राती ९ बजे विराटनगरबाट व्यवस्थापनका लागि भनेर शव लिएर गएको थियो ।
प्रदेश १ मा कोरोनाका कारण चार जनाको मृत्यु भइसकेको छ । गत सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर-५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । अघिल्लो बुधबार मोरङ सुनवर्षीका एक पुरुषको विराटनगरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएपछि मृत्यु भएको थियो । अन्नपूर्णपोष्टबाट साभार
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
