जनस्वास्थ्य सरोकार, जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश सरकारले अधिकारिक रुपले जानकारी नदिएपनि प्रादेशिक प्रयोगशालाबाट प्राप्त रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको स्रोतले जनाएको छ ।
मन्त्री यादवको मोबाइल अफ रहेको छ भने रिपोर्ट पोजिटिभ आएपछि मन्त्री यादव आफ्नै निवासमा होम आइसोलेसनमा बसेका छन् । यसअघि बुधबार अपरान्ह आन्तरिक मामिला मन्त्रालयका ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । प्रदेश २ कि प्रदेशसभा सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ देखिएको छ।
लगातार कोरोना संक्रमण पुष्टि हुनथालेपछि प्रदेश सरकारका सबै मन्त्रालयहरुले कामकाज ठप्प पारेको छ । मुख्यमन्त्री कार्यालय र समाजिक विकास मन्त्रालयका कर्मचारीहरुमा संक्रमण देखिएपछि मन्त्रालयहरुले कामकाज बन्द गरेको हो । यता जनकपुरधाम उपमहानगरपालिकाका केही कर्मचारी र नगर प्रमुखका आफन्तहरुमा समेत संक्रमण पुष्टि भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
