जनस्वास्थ्य सरोकार, विराटनगर । कोरोना भाइरसको संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी रहेका थिए । काठमाडौंमा भएको प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापालगायत सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, सुरक्षा प्रमुख लगायत उच्च पदस्थहरु रहेको खुलेको छ । बैठमा मन्त्री यादवले प्रदेश २ को नेतृत्व गरेका थिए । बैठकपछि उनले अरु उच्च पदस्थहरुलाई पनि भेटेको बताएका छन् ।
बैठकको प्रमुख अतिथी प्रधानमन्त्री ओली थिए । संक्रमण पुष्टि भएका मन्त्री यादवले काठमाडौंमा सम्पन्न बैठकको फोटो साउन १५ गते राति १२ः३२ बजे आफ्नो फेसबुकमा शेयर गरेका छन् । उनले सामाजिक सञ्जालमा अपलोड गरेको तस्बिरमा प्रधानमन्त्री, गृहमन्त्री, अरु प्रदेशका मन्त्रीदेखि सुरक्षा निकायका उच्च पदस्थहरुलाई देख्न सकिन्छ । मन्त्री यादवले बैठकमा सहभागिता जनाउने क्रममा मास्क प्रयोग गर्दै समाजिक दूरी कायम गरेको बताएका छन् । तस्बिरका लागि आफू नजिक जस्तो देखिएपछि सबैजना सतर्क र सजग रहेको उनको भनाइ थियो ।यसअघि विभिन्न कार्यक्रममा सहभागी भएर परीक्षण गराउँदै आएको बताउँदै मन्त्री यादवले मन्त्रालयका दुई जना कर्मचारीमा पोजेटिभ देखिएपछि परीक्षण गराएका हुन् । कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएका थिए । साउन १८ गते काठमाडौंबाट फर्किएर १९ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गराउँदा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै बैठकमा सहभागी प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की केही दिन अघि विराटनगर फर्किएर मन्त्रालय तथा कोरोना रोकथामका लागि योजना र कार्यान्वयनको काममा व्यस्त छन् । एउटै बैठकमा रहेका प्रदेश २ का मन्त्रीको रिपोर्ट पोजेटिभ आएपछि उनले पनि पीसीआर परीक्षणको तयारी गरिरहेका छन् । मन्त्री कार्कीले बिहीबार नभए शुक्रबार आफ्नो स्वाब परीक्षणका लागि दिने बताए । मन्त्री यादवले काठमाडौंबाट फर्किएर धनुषामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाएको बताइएको छ । आफ्नो रिपोर्ट पोजेटिभ आएपछि उनी मन्त्री निवासमै आइसोलेसनमा छन् । मन्त्री यादवले आफ्नो सम्पर्कमा आएका सबै जनाले स्वाब संकलन गरेर जतिसक्दो चाँडो पीसीआर परीक्षण गराउनु पर्नेमा जोड दिएका छन् । अन्नपुर्णपोष्टबाट
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
