जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरससँग लडिरहेको अमेरिकाले जोनसन एन्ड जोनसन कम्पनीबाट १ अर्ब डलरमा कोभिड १९ को सम्भावित खोपको १० करोड डोज खरिद गर्ने भएको छ ।
डेढ लाख अमेरिकीको ज्यान लिइसकेको कोरोना भाइरससँग लड्नका लागि ट्रम्प प्रशासनले खोप र औषधी जम्मा पार्ने दिशामा अर्को ठुलो कदम उठाएको हो । यो खोपको एक डोजको मुल्य करिब १० डलर पर्न गएको छ ।
यसअघि मार्च महिनामा अमेरिकाले जोनसन एन्ड जोनसनलाई ४५ करोड ६० लाख डलर दिएको थियो । यो बाहेक अमेरिकाले फाइजर र जर्मनी बायोटेक कम्पनीसँग पनि १९ दशमलव ५० प्रति डोज दरले खोप खरिद गर्ने सम्झौता गरेको थियो ।
यसबीच अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप ३ देखि ४ डलर प्रति डोज पर्ने सम्भावना ब्यक्त गरिएको छ । अमेरिकाको स्वास्थ्य विभागका अनुसार यदि जोनसन एन्ड जोनसनको खोपलाई खोप लगाउने अभियानमा समावेश गरियो भने यो निशुल्क पनि हुन सक्छ ।
अमेरिकी सरकारले थप २० करोड खोपको अर्डर पनि दिन सकिने बताइएको छ ,। जोनसन एन्ड जोनसनले यदी उसको परीक्षण सफल भएमा सन् २०२१ मा कोरोना भाइरस खोपको एक अर्ब डोज बनाउने आशा ब्यक्त गरेको छ । अमेरिका र विश्वभरी आफनो खोप निर्माण क्षमता अझ बढाइरहेको कम्पनीले जनाएको छ ।
विश्व भरी करिब १ सय ५० कोरोना भाइरस खोपमा काम गरिरहेका छन् । यसमा २३ खोपको मानव परीक्षण शुरु भइसकेको छ । यसमा पनि ३ खोप आफनो अन्तिम चरण अर्थात तेस्रो चरणमा छ । यसमा दुई कम्पनी चीनका छन् भने तस्रो अक्सफोर्ड युनिभर्सिटीको हो ।
युरोपेली युनियनको जोनसन एन्ड जोनसन र सानोफी कम्पनीसँगको कुराकानीमा उनीहरुको खोप पनि अन्तिम चरणमा पुगेको छ । एजेन्सी
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
