जनस्वास्थ्य सरोकार, वीरगन्ज। नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यू भएको छ । वीरगन्जका एक ५७ वर्षीय व्यवसायीको उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार साँझ ती व्यवसायीको स्वाब संकलन गरिएपनि हालसम्म रिपोर्ट नआइसकेको अस्पताल प्रशासनले जनाएको छ । पुराना मुटुरोगी ती व्यवसायी पछिल्लो समय निमोनिया र श्वासप्रश्वासको समस्या लिएर मंगलबार अस्पताल आएका कोरोना अस्पतालका संयोजक डा. उदय नारायण सिंह जानकारी दिए । उनी वीरगञ्जको घन्टाघर निवासी ५७ वर्षीय व्यवसायी हुन् ।
उपचारकै क्रममा बुधबार राति करिब १० बजेको समयमा स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । डा.सिंहका अनुसार बिहीबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
