जनस्वास्थ्य सरोकार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८८६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४१ हजार ५८५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६२ हजार ५३८ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा अहिलेसम्म एकै दिन संक्रमित भएको सबै भन्दा ठुलो संख्या हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब २० लाख नाघेको छ । भारतमा कुल संक्रमित २० लाख २७ हजार ७५ पुगेको छ ।
यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म १३ लाख ७८ हजार १०६ जना ठिक भएका छन् भने ५ लाख ७ हजार ३८४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड २७ लाख २४ हजार १३४ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५ लाख ७४ हजार ७८३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
