जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शुक्रवार थप ४६४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा हाल ६ हजार ३३० सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमणका कारण २४ घण्टाको अवधिमा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९२६ ओटा पीसीआर परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन् ।
आईसोलेशनमा ६ हजार ३३०जना रहेका छन् । कुल डिस्चार्ज हुनेको संख्या १५ हजार ८१२ पुगेको छ भने शुक्रवारमात्रै थप ४२५ जना डिस्चार्ज भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
