जनस्वास्थ्य सरोकार काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै थप १०६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ८८ जना, भक्तपुरका ८ जना र ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौँका मुख्य व्यापारीक क्षेत्र समेत सिल गरिएको छ । शुक्रबार मात्रै महाबौद्धका थप तीन व्यापारीमा संक्रमण देखिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच आज बसेको बैठकले महाबौद्ध, असन, इन्द्रचोक र न्यूरोड क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।
बैठकका अनुसार आज मध्यरातबाट उक्त क्षेत्र सिल गरिने भएको छ । काठमाडौँमा मात्रै दिनहुँ दर्जनौँ संक्रमित फेला परिरहेका छन् । जसले काठमाडौँ जोखिममा रहेको पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४६४ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ७० जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
