जनस्वास्थ्य सरोकार, वीरगन्ज । वीरगन्जका आधा दर्जन अस्पतालको चक्कर लगाउँदा पनि भर्ना नलिएपछि मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार राति आधा दर्जन अस्पताल चहार्दा उपचार नपाएर वीरगन्ज -२ छपकैयाकी २० वर्षीया विष्णु लामाको मृत्यु भएको थियो।
ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति आफन्तले ट्याम्पुमा राखेर लामालाई उपचारका लागि लिएर जाँदा वीरगन्जका आधा दर्जन निजी अस्पतालले भर्ना नलिएपछि गण्डकस्थित कोभिड अस्थायी अस्पतालमा पुर्याएका थिए। कोभिड अस्पतालमा शनिबार बिहान डेढ बजे पुर्याए पनि उपचारका क्रममा २ बजेतिर उनको मृत्यु भएको हो। मृत्युपछि शनिबार दिउँसो लामाको स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।
प्रयोगशालाले आइतबार बिहान दिएको रिपोर्टमा लामाको पनि पीसीआर पोजिटिभ आएको अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए। पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। साउनमा मात्रै पर्सामा १७ जनाको मृत्यु भएको हो ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३

