जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तुमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको अपडेट अनुसार कपिलवस्तु नगरपालिका क्षेत्रका १६ जना र कृष्णनगर नगरपालिकाका एक जना रहेका छन् ।
स्वास्थ्य कार्यालयले श्रावण २१ गते कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, (बालमन्दिर) देखि संकलन गरिएका २२६ नमुना मध्ये ११७ नेगेटिभ ११ पोजेटिभ र ९८ नमुना प्रतीक्षा गरिरहेको बताइएको छ ।
त्यस्तै श्रावण २३ गते कपिलवस्तु अस्पतालबाट संकलन गरिएका ६ नमुना मध्ये ५ पोजेटिभ आएको छ । त्यस्तै कृष्णनगर नगरपालिकाको थप १ जना रहेका छन् ।
योसँगै कपिलवस्तुमा अहिलेसम्म ८५७ जना कोरोना संक्रमित भएका छन् भने जिल्लामा ७५५ जना ठिक भएका छन् । त्यस्तै जिल्लामा एक जनाको मृत्यु भएको छ । त्यस्तै जिल्लामा १०१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
