जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरमा २२ महिने बालकसहित एकै परिवारका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ खापी घर भएका नक्सालमा कार्यरत प्रहरी जावनलाई यही साउन १९ गते कोरोना पुष्टि भएको थियो । सोही प्रहरी जवानका २८ वर्षीया श्रीमती र २२ महिने बालकमााई समेत कोरोना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले बताउनुभयो ।
उक्त बालकको हात भाँचिएपछि उपचाको लागि भक्तपुरको भिसींखेलेस्थित सिद्ध स्मृति अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसेपछि थप उपचाको लागि भक्तपुरस्थित सल्लाघारीस्थित ईवामुरा अस्पताल रेफर गरिएको थियो । सोही क्रममा उपचार अघि आमा र बालकको स्वाव संकलन गरी परीक्षणका लागि पठाएको थियो । दुवैमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वस्थ्य कार्यालय प्रमुख मिजारले बताउनुभयो ।
संक्रमित आमा र बालक दुवै जनालाई थप उपचारको लागि काठमाडौंको पुलिस अस्पताल लगिएको छ । प्रहरी जवानको भने भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेकोछ ।
बालकको उपचारमा संलग्न ईवामुरा अस्पतालका १० कर्माचारी र ३ जना चिकित्सकलाई आसोलेशनमा राखिएको अस्पतालका व्यवस्थपक रंजित मारिखुले जानकारी दिनुभयो । । अहिले संक्रमितहरु बसोवास गर्ने सिपाडोल वडा नम्वर ८ खापी क्षेत्र सिल गरिएको वडाध्यक्ष किरण थापाले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
