जनस्वास्थ्य सरोकार, पर्सा। कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एक जनाको ज्यान गएको छ । पर्साको नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगञ्ज महानगरपालिका– १५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती महिलाको शनिबार राति मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।
शनिबार स्वास्थ्यप्रश्वासमा समस्या देखिपछि परिवारले ती महिलालाई इण्डो नेपाल अस्पतालमा भर्ना गरेका थिए । स्वास्थ्यमा सुधार नआएपछि शनिबार नै कोरोना अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार ती महिला हाइपरटेन्सन र हाइपर थाइराइडको रोगी थिइन् । साउनयता पर्सामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
