जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तु तौलिहवा अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मीसहित एक सुरक्षाकर्मीमा समेत कोरानो संक्रमित पुष्टी भएपछि अस्पतालका इमरजेन्सी सेवा बाहेक सबै सेवा बन्द गरिएको छ। हिजो अस्पतालमा कार्यरत ४ स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीमा संक्रमण पुष्टी भएको थियो। ३ दिन अघि अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट संक्रमित भएका थिए।
आईतवार नसिङ, ल्याव, एक्सरे, ओापीडी फाटका एक एक जना गरी चार जना स्वास्थ्यकर्मी तथा अस्पतालमा रहेका एक प्रहरी सक्रमति पुष्टी भएपछि अस्पतालमा अति आकस्मिक सेवा बाहेक अरु सबै सेवा सोमवारबाट बन्द गरिएको अस्पतालका मेडीकल सपरीटेण्डेन्ट किशोर बन्जाडेले वताए। यस अघि दुई महिना अघि पनि अस्पतालकी स्टाफ नर्स सङ्क्रमित भए पछि १० दिन अस्पतालका सेवा बन्द गरिएको थियो।
सदरमुकाम तौलिहवामा समुदाय स्तर मै कोरोना फैलिएका र अस्पतालका स्वास्थ्यकर्मी समेत कोरोना सङ्क्रमित देखिएपछि अस्पताल समेत कोरोनाको उच्च जोखिम रहेको दाबी गरिएको हो। सोमवार अस्पतालमा कार्यरत ७७ जनाको स्वाब सङ्कलन गरिएको अस्पताल प्रशासनले जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
