जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमितकाे संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार विश्वमा दुई करोड २६ हजार दुई सय ११ व्यक्ति कोरोना संक्रमित भएको जनाएको हो । त्यसमध्ये सोमबारसम्म एक करोड २९ लाख सात सय ५७ जना निको भइसकेका छन् ।
हाल संक्रिय संक्रमित भने ६३ लाख ९१ हजार पाँच सय पाँचजना मात्र छन् । अहिलेसम्म सात लाख ३४ हजार २५ जनाको संक्रमणका कारण निधन भएको डब्लुएचओले जनाएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार चार सय ४४ जना संक्रमित भएका छन् ।
दक्षिण अमेरिकामा ४७ लाख ५० हजार चार सय चारजना कोरोना संक्रमित छन् । उत्तर अमेरिकामा ६१ लाख २० हजार पाँच सय १५ जना, युरोपमा ३० लाख ३६ हजार सात सय ५२ जना, एसियामा ५० लाख ४२ हजार चार सय ७० जना संक्रमित भएका छन् ।
अफ्रिकामा दश लाख ५२ हजार ४० जना र ओसियानामा २३ हजार तीन सय नौ जनामा कोरोना भाइरस संंक्रमित भएको डब्लुएचओले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
