जनस्वास्थ्य सरोकार, काठमाडौं। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बुधबार देखि अनिश्चित कालका लागि ओपिडी सेवा बन्द गर्ने भएको छ । कोभिड १९ संक्रमणको खतरा बढेपछि ओपिडी सेवा बन्द गर्ने निर्देशनको पालना गर्दै प्रतिष्ठानका सहायक निर्देशक डा विकास साहद्धारा मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दो छ । भारतीय सिमानासँग जोडिएका जिल्लाहरुमा त करफ्युनै लगाएर मानिसहरुको आवत जावतमा रोक लगाएको छ । स्वास्थ्यकर्मी, सुक्षाकर्मी, संचाकर्मी लगायत सर्वसाधारणहरु ठूलो संख्यामा संक्रमित हुँदैछन् ।
नेताहरुमा फाटफुट रुपमा कोरोना संक्रमित भएपनि उच्च सेवा सुविधाका भागिदार बनेकै छन् । सर्वसाधारण जनताले लकडाउँन, क्वारेन्टाईन, आईसुलेसन, पिसिआर परिक्षणका लागि महिनौ पालो कुर्नुपर्ने जस्ता झण्झट कायमै छ । यस्तो अवस्थामा अस्पतालले सेवा नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनु दुखद बिषय भएको विज्ञहरुको ठम्याई छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
