नेभिगेशन

प्रदेश १ सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण

जनस्वास्थ्य सरोकार, काठमाडौं। प्रदेश १ सांसद कुसुम श्रेष्ठदम्पती कोरोना संक्रमित भएका छन् । धनकुटाबाट निर्वाचित सांसद कुसुम र उनका पति नयन श्रेष्ठलाई कोरोना संक्रमण भएको हो । आवश्यक कामका लागि काठमाडौं पुगेर इटहरी फर्किएका सांसददम्पतीमा ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो । सांसद श्रेष्ठले श्रीमान्–श्रीमतीलाई नै कोरोना पोजेटिभ देखिएकाले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क हुन आग्रह गरेकी छिन् । आफूहरू अहिले होम आइसोलेसनमा बस्ने श्रेष्ठले बताइन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट