जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना संक्रमणबाट एकैदिनमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अनुसार पछिल्लो २४ घण्टामा आठजनाले ज्यान गुमाएका छन् ।
पछिल्लो समय ज्यान गुमाउनेमा युवा र प्रौढ उमेर समूहका पनि रहेका छन् । पछिल्लो २४ घण्टामा ज्यान गुमाएकामध्ये २ जना ४० वर्षमुनीका छन । भने अन्य ६ जना ४० वर्षमाथिका छन् । प्रवक्ता गौतमका अनुसार ज्यान गुमाउनेमध्ये तीनजना ६० वर्षमाथिका छन् ।
ज्यान गुमाउनेमा काठमाडौं महानगरपालिका– १२ टेकु निवासी ७८ वर्षीया महिलाको किस्ट मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ।
त्यसैगरी कोरोनाबाट एकजना युवकले पनि ज्यान गुमाएका छन्। धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी ३२ वर्षीय पुरुषको कोरोना संक्रमणपछि ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।
कोरोनाबाटै धनुषाको जनकपुर उपमहानगरपालिका– १ का ७८ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा बुधबार बिहान मृत्यु भएको छ ।
त्यस्तै जनकपुर उपमहानगरपालिका–१ निवासी ३८ वर्षीया महिलाको पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका बुधबारै ज्यान गएको छ। उता सप्तरीको डाक्नेश्वरी–८ घर भई हाल राजविराज नगरपालिका९६ सिरहा रोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको पनि मंगलबार राति कोरोनाबाट ज्यान गएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका– २ गंगाचोक निवासी ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ । कोरोनाबाट कपिलवस्तुमा पनि एकजनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–२ निवासी तौलिहवाका ४२ वर्षीय पुरुषको बुधबारै बिहान बुटवल कोरोना विशेष अस्पतालमा ज्यान गएको छ ।
अर्कातिर बारा कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणपछि उपचारका क्रममा ललितपुरको किस्ट मेडिकल कलेजमा निधन भएको छ । बुधबार ८ जना थपिएसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ९१ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
