जनस्वास्थ्य सरोकार, झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती डाक्टरलाई व्यवस्थितरुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेशनमा राखिएको छ ।
मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको सङ्क्रमण फेला परेको हो । केही दिनअघि मेचीनगर–१० धुलाबारी बजारका १५ वर्षीय किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको थियो ।
चिकित्सकसहित समुदायस्तरमा एकैपटक चार जनामा कोरोना सङ्क्रमण देखिएपछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगरस्तरीय कोरोना सङ्क्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, सङ्घसंस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरेर एक हप्ताका लागि नगरपालिकमा लकडाउन घोषणा गरेको छ ।
नगरप्रमुख विमल आचार्यका अनुसार सङ्क्रमण फेला परेकाकासँग सम्पर्कमा आएका र अन्य शङ्कास्पद व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणका थ्रोट स्वाबको नमूना सङ्कलन गरिनेछ । रासस
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
