जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो।
उनीहरुको सम्पर्कमा रहेका थप स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा.सन्तकुमार दासले बताउनुभयो । संक्रमित स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ।
'चार पाँचदिन अघिदेखि उहाँहरुमा कोरोनाको लक्षण देखिएको थियो', डा.दासले भन्नुभयो -'बुधबार स्वाब संकलन गरि परीक्षण गरिएकोमा आज आएको रिपोर्टअनुसार उहाँहरुमा संक्रमण पुष्टि भएको छ।'स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षको एक सय भन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ। उनीहरुको रिपोर्ट शनिबारसम्ममा आइसक्ने डा.दासले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि बुधबारदेखि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ। स्वाब संकलन गरिएका सबै स्वास्थ्यकर्मी हाल होम क्वारेन्टाइनमा बसेका छन्। योसँगै त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
