जनस्वास्थ्य सरोकार काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका देशमा कोरोना सङ्क्रमणमा सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ ।
विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । हालसम्म नेपालसहित विश्वभर २९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान हो ।
हालसम्म नेपालसहित ५९ हजार ४११ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । ती ८३ प्रतिशत अर्थात् ४८ हजार ५०४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।५१ हजार ४४१ जनाको उद्धार विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो । सरकारी नीतिले थप समस्या दैनिकरूपमा अधिकतम ५०० जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने सरकारको निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदारलगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाइ हुने भएको छ । सङ्घअन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौँको सङ्ख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन् । विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाइ छ । उहाँले सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्रगतिमा अघि बढाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २०० जना गरेर जम्मा ५०० जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो । २४६ शव नेपाल ल्याइयो विदेशमा विविध कारणले मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । एक सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ । रासस
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
