जनस्वास्थ्य सरोकार, काठमाडौं। औषधी व्यवस्था विभागले अन्तर्राष्ट्रिय स्तरमा कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालिएको रेमडिसिभर नामक औषधी नेपालमा पनि आयात गर्न स्वीकृत दिएको छ । शरिरमा अक्सिजनको मात्रा कम भई आइसियु कक्षमा रहेका विरामीको स्वास्थ्य अवस्था सुधार गर्न प्रयोग गरिने औषधी आयात गर्न विभागले औषधी व्यवसायीहरुलाई स्वीकृत दिएको हो ।
विभागका महानिर्देशक नारायण ढकालले नेपाल स्वास्थ्य अनुसार परिषद्को प्रोटोकल अनुसार क्लिनिक ट्रायलका लागि अनुमति दिएको जानकारी दिनुभयो । औषधी दर्ता गर्ने नभइ आकस्मिक रुपमा चाहिने समयमा परिषद्को प्रोटोलकमा टेकेर मात्र प्रयोग गर्न सकिने गरी निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
हाल विभागले सिप्ला, माइलन र हिटेरो कम्पनीबाट मात्र औषधी खरिद गर्न भनेको छ । जसमा ६ हजारदेखि ८ हजार मूल्य सम्मका औषधी रहेको महानिर्देशक ढकालले जानकारी दिनुभयो । औषधी व्यवसायीहरुले भदौ ४ गतेसम्म औषधी ल्याउने जनाएका छन् ।
औषधीलाई विभागले स्वीकृत नदिँदा औषधी व्यवसायीहरुले अवैधानिक रुपमा ४० देखि ५० हजार रकम असुल गरी बिक्री वितरण गर्दै आएको गुनासो बढेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
औषधि
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३ट्रेन्डिङ
४

