जनस्वास्थ्य सरोकार, इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय नगरपालिका–९ घर भएका २२ वर्षीय युवकको आइतबार राती मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजे देखि सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए । उनका अनुसार मृतकको पीसीआर रिपोर्ट सोमबार दिउँसोसम्म आइपुग्ने छ । २९ गते नै उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइएको हो ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
