जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वव्यापी महामारिको रुपमा फैलिरहेको कोभिड–१९को विरुद्ध अग्रपंक्तिमा खटिरहेका प्रयोगशालाकर्मीको पहिचान एवं सहजीकरणका लागि के.डि.एम. फाउण्डेशन नेपालले मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)लाई दुवै संस्थाका लोगो अंकित १०० थान ज्याकेट प्रदान गरेको छ ।
फाउण्डेशनको तर्फबाट संस्थापक सुरेश कुमार अधिकारीले मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्कालाई ज्याकेट हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा मेलानका वरिष्ठ उपाध्यक्ष देवराज गौतम, सचिव रोसन परियार, कोषाध्यक्ष पिताम्बर पन्त लगायत फाउन्डेशनका संस्थापकलगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।यस किसिमको सहयोगले कार्यक्षेत्रमा खटिने प्रयोगशालाकर्मीको पहिचान सहज हुनुको साथै मनोवल समेत उच्च हुने मेलानका केन्द्रिय अध्यक्ष खड्काले बताउनुभयो ।
कोरोनाको माहमारिको मध्यनजर गर्दै NRNA NCC, USA President सुनिल शाह, NRNA NCC, USA Mid-west Vice-President बुद्धि सुवेदि,NRNA NCC, USA बिधान समितिका सदस्य गोपेन्द्र भट्टराई, समाजसेबी शशिलाल गुप्ता लगायत सम्पुर्ण सहयोगि हातहरुलाई फाउन्डेसनका संस्थापक रोशन अधिकारीले धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
